भरतपुरमा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • काठमाडौं ।

भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मचपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए ।

सोमबार उक्त रिटमाथि प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेलासम्मा कुनै पनि कामकाम नगर्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ ।

२०७४ जेठ २२ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...