रोटरी क्लबको बैठकमा गएका व्यवसायी २४ घण्टादेखि बेपत्ता


दाङ । 

तुलसीपुर निवासी बुटवल बस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार साँझदेखि बेपत्ता छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले श्रेष्ठको परिवारले आज बिहान ६ बजे श्रीमान सम्पर्कविहीन भएको जानकारी गराएको बताए । 

श्रेष्ठ शुक्रबार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएपनि बेलुका घर नफर्केको प्रहरीले जनाएको छ । 
श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडीका दुईवटा टायरको हावा खुस्काइएको अवस्थामा सल्यानको रिममा फेला परेको छ । 

व्यापारी श्रेष्ठ आफैँ बेपत्ता भएको वा कसैले अपहरण गरेका भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...