देउवाले राखे आफ्नै सरकार ढल्न सक्ने अनौठो प्रस्ताव !

  • काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा आउने सुनिश्चितता भए चुनाव सार्न सकिने प्रस्ताव प्रधानमन्त्रीको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा मंगलबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा देउवाले राजपाले लिखित प्रतिबद्धता जनाए पहिलो चरणमा १ र ७ नम्बर प्रदेशको मात्र चुनाव गर्न सकिने प्रस्ताव गरेका हुन् । 

स्रोतका अनुसार देउवाको प्रस्तावमा सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा निर्वाचन सार्न नहुने बताए । ‘उहाँहरुले चुनाव सारौं भन्न खोजेको तर भन्न नसक्ने जस्तो देखियो’, ओलीले भने, ‘सार्न खोजेको हो कि नगर्न खोजेको हो प्रष्ट भइएन । उनले असार १४ मा घोषित दोश्रो चरणको निर्वाचन कुनै पनि बहानामा पछि सार्न नपाइने उनको भनाइ थियो । 

वैशाख ३१ मै हुनुपर्ने निर्वाचन पटकपटक सारेर १४ असारमा पु¥याइएको भन्दै ओलीले सरकार निर्वाचनप्रति गम्भीर नदेखिएको आरोप लगाए । बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन सारेर आयोग गठनमार्फत स्थानीय तहको संख्या बढाउन सकिने समेत प्रस्ताव राखेका थिए । सो प्रस्तावसमेत एमालेले ठाडै अस्वीकार गरेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार १४ जेठमै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । 

यद्यपि प्रधानमन्त्रीले राजपाबाट लिखित प्रतिबद्धता आएको अवस्थामा सोच्न सकिने मात्र बताएको उल्लेख गरे । ‘लिखित प्रतिवद्धता आयो वा सहमति भयो भने मात्र मिति सार्ने भन्ने कुरा आएको हो’, उनले भने । देउवा आगामी ७ माघ अगाडि नै स्थानीयसहित प्रदेश र संघीय संसदको निर्वाचन गराउने जिम्मेवारी लिएर सरकारमा सहभागी भएका हुन् । 

तर, निर्वाचनका लागि सबैभन्दा जिम्मेवार हुनुपर्ने प्रधानमन्त्री नै निर्वाचन सार्ने प्रस्ताव गर्न थालेपछि देउवा सरकारको आयुबारे बहस सुरु भएको छ । निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक र कानुनी रुपमा सरकारसँग संसदमा बहुमत भए पनि नैतिक रुपमा सरकारमा टिकिरहन एक प्रकारको दबाब पर्नेछ । काठमाडौं टुडेले समाचार लेखेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...