लौ हेर्नुस्, भरतपुरमा यस्तो भाँडभैलो, रेणु र देवीबीच हिलो छ्यापाछ्याप..

  • काठमाडौं ।
‘च्यातिसकेपछि कुरै सकियो । अर्को मतदान नगरी सुखै हुन्न !’ यति कुरा सिध्याएर खाना खाने ठाउँबाट निस्किसकेका माओवादी गणक प्रतिनिधिहरू होटल मितेरीबाट बाहिरिन नपाउँदै फेरि बोलाइए । 

एमाले गणक प्रतिनिधि त्यही होटलमा खाना खाएर साढे ९ बजे गणनास्थलमा पुगिसकेका थिए । तर, माओवादी उक्लिएनन् । दुबै दलका गणक प्रतिनिधिले भरतपुरको दूरसञ्चार रोडमा रहेको त्यही होटलको भात खाएका हुन् । तर, व्यवहार भातले गर्दोरहेनछ, नियतै रहेछ । रातिको पौने १२ बजे लफडाबाजी सुरु भइहाल्यो । सन्दर्भ हो, शनिबारको बहुचर्चित भरतपुर महानगरपालिकामा मतगणनाको । मतगणना सकिन–सकिन लागेको बेला झिनो मतान्तरले एमाले अघिअघि माओवादी पछिपछि थियो । 

होटलमै खाना खाएर दुई भाइ माथि उक्लिए, गणनाका लागि । सायद, च्यातेपछि कुरै सकियो भन्ने कुराले उनीहरूलाई स्ट्रेस गरिरहेको हुनुपर्छ, कुन च्यात्ने, कुन नच्यात्ने भन्नेमा उनीहरू लागेनन् । फलतः गनेर थन्क्याइएका केही थान मतपत्र च्यातियो । मतगणना स्थगन भयो । त्यतिबेलासम्म १ देखि २९ वडाको मतगणना सकिएको थियो । १९ को १८०९ को नतिजा सार्वजनिक भइसकेको थियो । 

२० को त्यसपछि गर्ने तयारी थियो । छिटो सक्नका लागि ६–६ सय मतका दरले ६ वटा समूह बनाएर गणना चलिरहेको थियो । रातिको ११ः४५ मा सबै दलका जिम्मेवार व्यक्ति भएको बेला गणनास्थलको ‘क’ मा विवाद भयो । हरेक बेन्चमा पाँच÷पाँच जना गणक थिए । विवाद भएपछि प्रहरी पुग्यो । त्यतिबेला ‘च’ मा पनि विवाद सुरु भयो । ‘ग’ मा गणना सकिएर रेजाहरू जाँच गर्दैैैैै जम्मा मत जोड्ने काम चल्दै थियो । २४ सयको हाराहारीमा गणना सकिएको थियो । समस्या केही थिएन । 

तर, चितवनका एसपी दीपक थापाका अनुसार माओवादीका प्रतिनिधि बुरुक्क हाम्फालेजस्तो गरेर उफ्रिए । गणनास्थलभित्र, जहाँ कर्मचारी मात्र बस्न पाउँछन्, उनीहरू त्यहाँ पुगे । भित्र गएर गनिसकेको, बाहिर सार्वजनिक गर्न बाँकी मतपत्र दुई हात लगाएर च्याते । एसपी थापा भन्छन्, ‘त्यसमा पाँच–६ वटा जति मतपत्र हुनुपर्छ । त्यसपछि मैले उहाँलाई नियन्त्रणमा लिएँ । त्यसपछि समस्या सुरु भयो, ‘च’ मा । गनिसकेर थन्क्याइएका मतपत्रका रोल मर्काएर च्यात्ने काम भयो । 

माओवादीका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण शिवाकोटीले यस्तो काम गर्नुभएको हो ।’ त्यसपछि च्यातिएका टुक्राहरू प्रहरीले लग्यो । वडा नं. २१ बाट एमालेका देवी ज्ञवालीको अग्रता सय सय ८४ थियो । यो अग्रता वडा नं. १९ मा गणना गर्दा ती सयदेखि चार सयसम्म झर्ने अनुमान थियो, कांग्रेस र माओवादीको । वडा नं. १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली । यो रेकर्ड निर्वाचन आयोगसँग सुरक्षित छ । त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरूले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा चार सय ६७ थियो । यो सबै गर्दा धेरैमा एक सय २० भन्दा बढी देवीको खाताबाट मत घट्ने देखिएन । 

यसो हुँदा अन्तिम वडा नं. २० मा जाँदा देवीको अग्रता ६ सय ६४ भन्दा बढी नै कायम हुने देखियो । जुन माओवादीका लागि अप्रत्यासित थियो । कांग्रेसले माओवादीलाई वडा नं. १९ बाट पाँच सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर ढाडस दिएका थिए । वडा नं. २० मा ३३ सय दुई मत खसेको छ । यहाँ तीन वटा बुथ थिए, दद्रेनी, सिमलटाँडी र भीमोदय । तीनमध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भीमोदयमा कांग्रेस । तीन वटा बुथमा गरेर एमालेको कम्तिमा ११ सय मत आउँथ्यो । 

लिड थियो ६ सय ६४ को । यो सबै जोड्दा १७ सय भन्दा माथि हुन्थ्यो । जुन मत कांग्रेस–माओवादी गठबन्धनको पराजयका लागि पर्याप्त थियो । कांग्रेसले जुन जुन वडामा जति–जति फरकमा एमालेलाई हराइन्छ भनेको थियो, त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन । वडा नं. २० भन्दा धेरै मत खसेका वडा नं. १५, १७, १८ र २१ मा समेत एमालेले बढीमा तीन सय ६१ भन्दा बढी मत तिरेको छैन, जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नं. १७ मा दुई सय ८७, १५ मा दुई सय ३७ मत तिरेको छ । जहाँ कांग्रेसले पाँच सयभन्दा बढी मत तिर्नुपर्ने अनुमान गरेका थिए । जनआस्था साप्ताहिकमा खबर छ ।

यो घटनापछि रेणु र देवीले एक अर्काप्रति हिलो छ्याप्ने काममा लागेका छन् । बिभिन्न संचारमध्यममा आफ - आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरु आफु चोखो र गल्ति विपक्षीले मात्र भएको भनिरहेका छन् । 

प्रतिकृया दिनुहोस्

Loading...