निर्वाचन आयोगको निर्णय, सायद देउवाले यो कुरा सोचेका पनि थिएनन् होला…..

  • काठमाडौं ।

दोश्रो चरणको स्थानीय निर्वाचनको तयारी गर्नु पर्ने बेलामा सरकार भने राजपालाई चुनावमा सहभागी गराउनको लागि जस्तो सुकै कदम उठाउन समेत पछि नपर्ने जस्तो देखिएको छ ।

सबै पक्षले असार १४ गते भन्दा पछाडी स्थानिय निकायको निर्वाचन हुने भए त्यसको विरोध गर्नु जनाइ रहेको बेला सरकार भने राजपाको माग बमोजिम २ नम्बर प्रदेशको निर्वाचनको मिति सार्न सकिने आवश्वासन दिएको छ । तर राजपा भने सके सम्म ४ वटै प्रदेश नत्र २ र ५ नम्बर प्रदेशको निर्वाचनको मिति सार्नु पर्ने माग गरेको छ ।

सरकारको यस्तो निर्णयले कुनै हालतमा लागू नहुने जनाउदै जस्तो सुकै हालतमा पनि असार १४ मा नै बाँकी ४ प्रदेशमा निर्वाचन गराउने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताएका छन् ।

सोमबार विराटनगरमा पत्रकारहरुसंग कुरा गर्दै यादवले सरकार आफैले लोकतान्त्रीक प्रणालीलाई असर गर्न निर्णय गरेको बताएका छन् । उनले अब कुनै हालतमा निर्वाचनको मिति असार १४ भन्दा तलमाथि हुन नसक्ने जानकारी दिएका छन् ।

उनले २ नम्बर प्रदेशमा स्थानिय तहको निर्वाचन तेश्रो चरणमा हुनसक्ने कुरा गर्दै आएका उप प्रधान तथा स्थानिय विकास मन्त्रीले बोलेको कुराको बारेमा आफु कुनै जानकार नभएको जानकारी दिए ।

साथै उनले जनताले निर्वाचन चाहेको हुनाले तराईका केहि नेताले भनेको भरमा निर्वाचनको मिति सार्न नसकिने भन्दै उनले तराइमा आम हड्ताल भएपनि निर्वाचन गराउन सकिने उनले जानकारी दिए ।

उनले २०७० निर्वाचनलाई उदाहरण दिदै सरकारले जुन सुकै निर्णय गरे पनि असार १४ को निर्वाचन मिति तलमाथि हुन नसक्ने उनले जानकारी दिए ।

चुनावको समयमा संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा प्रबन्ध समेत भइ सकेकोले सरकारले ऐन संशोधन गरेपछि राजपाको पार्टि दर्ता गर्न सकिने तर चुनाव चिन्ह दिन भने नसकिने उनले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...