मध्यराति प्रहरी अफिसरले रेस्टुरेन्टकी महिला कुटेपछि गृहमन्त्रालय पुगे पिडित


राजीव चन्द, काठमाडौं । 

गोंगबु नया बसपार्कमा प्रहरीकी ड्युटी अफिसरले रेस्टुरेन्टकी एक महिलामाथि मध्यराति कुटपिट गरेकी छिन । 

उर्वसी रेस्टुरेन्टमा आइतबार राति १० बजे ग्राहक र स्टाफबीचको सामान्य विवादलाई ठूलो विषय बनाएर ड्युटी अफिसर असई शुवर्णा बानियाँले आफ्नो गालै गालामा हिर्काएको पिडित महिलाले इमान्दार मिडियालाई बताइन। 

विवाद साम्य पार्ने भन्दै प्रहरी चौकीमा बोलाएर बानियाँले महिलामाथि कुटपिट गरेकी हुन् । त्यस क्रममा त्यहाँ वरपरका रहेका अन्य स्थानीयले गल्तीबिना महिलामाथि त्यसरी कुटपिट नगर्न आग्रह गर्दा 'डिस्टर्ब गरे सबलाई गोद्छु' भन्दै धम्क्याएको एक प्रत्यक्षदर्शीले इमान्दार मिडियालाई बताए । 

बानियाँलाई सई सुमन छन्त्यालले सहयोग पनि गरे । महिलालाई नकुट्न आग्रह गर्न पुगेका अन्यलाई छन्त्यालले थर्काउदै लखेटेको पिडितको आरोप छ । शुवर्णा र छन्त्यालले अाफ्नो मोबाइल समेत जफत गरेको पीडित महिला स्टाफले बताएकी छन् ।

नयाँ बसपार्कमा बानियाँ र छन्त्यालले विभिन्न बहानामा पैसा असुल्दै नदिए दुःख दिने गरेको व्यवसायीहरु बताउँछन् । यसैबीच शुवर्णा र छन्त्यालले दुःख दिइरहेको भन्दै पीडितहरु गृहमन्त्री प्रभाकरको शरणमा पुगेका छन् । उनीहरुले छन्त्याल र बानियाँलार्इ कारवाहीको माग गरेका छन् ।

आरोप प्रमाणित भए कारवाही भोग्न तयार : छन्त्याल 

यता सई छन्त्यालले आफूहरुले कसैमाथि पनि कुटपिट नगरेको दावी गरेका छन् । इमान्दार मिडियासँग कुरा गर्दै उनले विवाद साम्य पारेर सबैलाई तुरुन्त घर पठाईएको बताएका छन् । 'हामीले कुटपिट गरेका हैनौ, बरु दुवै पक्षलाई सम्झाई बुझाई गरेर घर पठाएका हौं । उनले इमान्दार मिडियासँग भने ।

उनले बिभिन्न बहानामा पैसा असुली गर्छ भन्ने कुरा निराधार भएको पनि दावी गरेका छन् । ' हामीले कसैसँग असुली गर्ने या अनैतिक कार्यलाई सहायोग गर्ने जस्ता कार्य गर्दनौं, यदि यहाँको कुनै व्यापारीले त्यस्तो गरेको प्रमाण लिएर आउछ भने म कानुनबमोजिम कारवाही भोग्न तयार छु ।' छन्त्यालले भने । 

यस्तै महिला स्टाफलाई कुट्ने असई शुवर्णा बानियाँले भने इमान्दार मिडियासँग कुरै गर्न चाहिनन । उनिसँग फोनसम्पर्क हुदाँ उनले यो विषयमा अफिसमा बुझ्नुस भन्दै फोन काटिन । 

,

प्रतिकृया दिनुहोस्

Loading...