अमेरिकी राष्ट्रपतिडोनाल्डले गरे पेरिस सम्झौताबाट बाहिरिने घोषणा

  • एजेन्सी 
वासिङटन, जेठ १९ – सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।उनले अमेरिकी व्यवसाय र कामदारहरुलाई घाटा नलाग्ने गरी नयाँ सम्झौताका लागि छलफल पनि शुरु गर्ने बताएका हुन् ।

गत वर्ष चुनावी अभियानका दौरान ट्रम्पले देशको तेल र कोइला कम्पनीहरुलाई सहयोग गर्ने वाचा गरेका थिए ।
विपक्षीहरुले भने सम्झौताबाट बाहिरिनुलाई विश्वको मुख्य चुनौतीबाट अमेरिकी नेतृत्व भागेको संज्ञा दिएका छन् ।

पेरिस सम्झौतामा अमेरिकासहित १८७ जना राष्ट्रहरुले विश्वको बढ्दो तापक्रमलाई २ डिग्री सेल्सियसभन्दा कम राख्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । यस सम्झौतामा सिरिया र निकारागुवाले मात्र हस्ताक्षर गरेको थिएन ।

ह्वाइट हाउसको रोज गार्डनमा सम्बोधन गर्दै ट्रम्पले पेरिस सम्झौतालाई अमेरिकालाई कमजोर पार्ने सम्झौता रहेको बताए ।

यो सम्झौताले चीन र भारतजस्ता देशहरुलाई मात्र फाइदा पुग्ने बताउँदै उनले यसबाट अमेरिकालाई कुल ग्राहस्तमा ३० खर्ब अमेरिकी डलर घाटा हुने र ६५ लाखले रोजगारीको अवसर गुमाउने बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...