नेपाली नागरिकलाई अपहरण गरी भाग्ने क्रममा ५ भारतीय प्रहरी डोटीबाट पक्राउ

  • झलक पाली । 
बुधबार मध्यराति डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडाका लाल आउजीलाई अपहरण गरेर भाग्ने क्रममा पक्राउ परेका भारतीय डिएसपी नागराजको समूहलाई महाकाली अञ्चल प्रहरी कार्यालय पठाइएको छ ।

सुरक्षा श्रोतका अनुसार प्रहरीको नियन्त्रणमा रहेका भारतीय डिएसपी नागराजसहित ५ जनाको समूहलाई विशेष सुरक्षा सहित बिहीबार राति महाकाली अञ्चल प्रहरी कार्यालयमा पठाइएको हो ।

प्राप्त जानकारी अनुसार सुरक्षा सम्बन्धी केन्द्रीय निर्देशन अनुसार डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज बिष्ट स्वयंसहितको सुरक्षामा उनीहरूलाई कञ्चनपुर पठाइएको र उतैबाट भारतलाई बुझाइनेछ ।

भारतीय डिएसपीसँग गाईडका रुपमा आएका डोटी लडागडाकै प्रसाद पार्की र अपहरण हुन लागेका लालबहादुर आउजी भने जिप्रका डोटीमै छन् । उनीहरूलाई छानविन गरेर रिहाइ गरिनेछ ।

अपहरणकारीले प्रयोग गरेको नेपाली नम्बर प्लेटको गाडी र गाडी चालक राजेश बागचनलाई पनि सँगै लगिएको छ ।

भारतको कर्नाटकको एक बैंकमा करिब ९ महिना पहिले लालबहादुर आउजीले चोरी गरेको आरोपमा भारतीय प्रहरीहरू सिभिलमा डोटी पुगेको स्रोतको भनाइ छ ।

मजदुरीका लागि भारत गएका लालबहादुर करिब ९ महिना पहिले भारतबाट नेपाल फर्केर हाल गाउँमै बस्दै आएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...