'एक मिनेटको अन्तरमा दुई भूकम्प जाँदा बैसाख १२ को महाविनासकारी भूकम्प सम्झिए'

  • काभ्रे। 
काभ्रेको बनेपामा एकाबिहानै एकैमिनेटको अन्तरमा दुई वटा भूकम्पको धक्का महशुस गरिएको छ । 

शनिबार बिहान ९ बजेर ६ मिनेट जाँदा बनेपादेखि उत्तरपूर्व क्षेत्र केन्द्रबिन्दू बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको एकमिनेटपछि फेरि ३.२ रेक्टर स्केलको अर्काे धक्का महशुस भएको थियो 

भूकम्प सानो भए पनि अलि बढी नै हल्लाएको महसुस भएपछि आफुहरुकोको भागाभाग परेको स्थानीय बासिन्दाले बताएका छन् । पहिलो भूकम्पको धक्का महशुस हुदाँ ७२ बैसाख १२ को भूकम्प याद आएर आफु पनि भागेको काभ्रेका बुष्णु वाइवाले इमान्दार मिडियालाई बताए । 

उनले इमान्दार मिडियासँग टेलीफोनमा कुरा गर्दै भने - 'पसलमा एक्लै थिए, अचानक हल्लिएकोजस्तो लाग्यो, लगत्तै त्यो बैसाख १२ सम्झिए । त्यसको १ मिनेटमै फेरी हल्लायो । तर सानै रैछ, कुनै क्षति भएन । 


,

प्रतिकृया दिनुहोस्

Loading...