गोर्खाल्याण्डको विषयलाई लिएर युएईमा नेपालीबीच चक्कु हानाहान..

  • काठमाडौं ।
गोर्खाल्याण्डको विषयमा विवाद हुँदा युएईमा नेपालीहरूबीच चक्कु हानाहा भएकाे भएको छ । 

युएईको आबुधाबीमा बङ्गाली मार्केटमा सुनसरीको धरानका र झापाको काँकडभिट्टाका नेपालीबीच भनाभन हुँदा झडप भएको हो । झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागको विरोधी हुन् । तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएपछि धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको बताइएको छ ।

झडपमा झापा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । घाइतेको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत छन् ।झडपमा दुईजना नेपाली घाइते भएका छन् भने चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ ।  

२०७४ असार १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...