रोहितको शतकले भारत फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

  • काठमाडौं । 

रोहित शर्माको शतकीय पारीमा बंगलादेशलाई पराजित गर्दै साबिकको बिजेता भारत आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती भएको रोहित प्रेणीत दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।

इंग्ल्यान्डको बर्मिंघममा बंगलादेशले दिएको २६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा शतकीय पारी खेलका ओपनर ४६ रोहितले १५ चौका र एक छक्काको मद्दतमा अविजित १२६ रनको उत्कृष्ट पारी खेले । 

१२९ बलको सामना गरेका रोहितले पहिलो विकेटका लागि शिखर धवनसँग ८७ तथा दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १७८ रनको साझेदारी गरे । कप्तान विराट ९६ बलको सामना गर्दै १३ चौकाको मद्दतमा ९६ रनमा अविजित रहदा धवनले ४६ रन जोडे । बंगलादेशविरुद्ध ९६ रन बनाएसँगै भारतीय कप्तान विराट एकदिवसीय क्रिकेटमा चाँडो ८ हजार रन बनाउने खेलाडीको सूचीमा समेत नाम लेखाए । बंगलादेशका कप्तान माशरफ मोर्टाजाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनाएको थियो । बंगलादेशका लागि तमिम इकबालले ७० तथा मुसफिकर रहिमले ६१ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै बंगलादेशका कप्तान माशरफ मोर्टाजाले अविजित ३०, महमुदउल्लाहले २१, सब्बीर रहमानले १९ तहह शाकिब अल हसनले १५ रन जोडे । भारतका केदार जादाब, जस्प्रित बुम्रहा र भुवनेश्वर कुमारले समान दुई दुई विकेट लिए ।

योसँगै भारत चौथोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्न सफल भयो । अब भारतले च्याम्पियन्स ट्रफीको उपाधिको लागि पाकिस्तानको सामना गर्ने भएको छ । पाकिस्तान घरेलु टोलि इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै बुधबार नै फाइनलमा पुगिसकेको छ । र, फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । 

२०७४ असार २ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...