गृहमन्त्री शर्मालाई क्रान्तिकारी युवाको खुला पत्र - २०५८ फेरी नदोहोरियोस (पूर्णपाठसहित)


माननीय गृहमन्त्री जनार्दन शर्मा  ज्यू नमस्कार !

आज म यस इमान्दार मिडिया मार्फत हजुरलाइ यो खुल्ला पत्र लेख्ने जमर्को गर्दैछु । हजुरको मानहानी हुने कुनै सब्दहरु लेखिन पुगेछन भने सुरूमा क्षमा चाहान्छु ।

मन्त्री ज्यू लेख्न त मलाइ यसरी मन थियो....

( प्रिय कमान्डर  कमरेड  प्रभाकर,  सुकुम्बासी बस्तीबाट रातो सलाम !) तर के गर्ने ती राता सलामहरु स्वीकार्य नहुने भूमिकामा हुनुहुन्छ हजुर ।  त्यसैले रातो सलाम पेस गर्न सकिन र तपाईंको पदीय मर्यादा अनुसारको जय नेपाल भनेर सम्बोधन गर्न पनि सहिदको रगत र योद्धाका पसीनाले पोल्छकी जस्तो लाग्ने  ! अनि आफैंमा हिनताबाेध हुने भएकाले जय नेपाल भनेर सम्बोधन  गर्न पनि सकिन पुनः माफि चाहान्छु ।

मन्त्री ज्यू पत्र लेख्दा मलाई लामो भूमिका बाध्न पनि आउदैन, त्यसैले सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । आज हजुरले गृहमन्त्रीकाे पदभारग्रहण गर्दैगर्दा मनमा थुप्रै प्रश्नबाचक चिन्हहरू उब्जिए । थोरै आसा अनि धेरै निराशा महसुस भयो । हुन त यो संसदीय व्यवस्थामा सरकार बन्नु र ढल्नुले हामी हुँदा खाने \ मजदुरहरुलाई खास महत्त्व राख्दैन तर पनि हिजो जनयुद्धको कुसल कमान्डर जसले राजतन्त्र र संसदीय व्यवस्थाको विरुद्धमा लडाइँ गर्यो ,जनतालाई मुक्तिको सपना देखायो, जनतामा आसा जगायो त्यो मान्छे आज त्यहि पुरानै संसदीय व्यवस्थाको गृहमन्त्री हुदा भने निकै अर्थपूर्ण तरीकले हेरिएको जस्तो लागेको छ ।

सबै सबैका मनहरूमा प्रश्न उब्जिएका छन, ती सैब प्रश्नहरूको प्रतिनिधित्व स्वरुप यो पत्र लेखेको छु । आशा छ यो पत्र हजुर सामु पुग्यो भने जबाफ पाउछु होला !

गृहमन्त्री ज्यु , हिजो जनयुद्ध गर्दै गर्दा तपाईंको टाउकाेको मुल्य तोक्ने शेरबहादुर देउवासँगको मिलनलाई केभन्ने ? यसलाई हामीले कसरी बुझ्ने ? तपाईसंगै जनयुद्ध लडेका बाल कृष्ण ढुङ्गेललाई वारेन्ट जारी गरिएको छ ! अब के तपाई बालकृष्ण ढुंगेललाई पक्राउ गरेर जेल कोच्नुहुन्छ ? 

अनि के पत्रकार कृष्णसेनका हत्यारालाई कार्बाही हुन्छ  ? की शेरेहरुको आदेशमा संरक्षण हुन्छ ? हजुरले जस्तै कथित स्थानीय चुनावको बिरोध गर्ने नेकपाका सयौं नेता कर्याकर्ता पक्राउ परेका छन, उनीहरुको अवस्था अब के हुन्छ ? कि दिपेन्द्र शर्मा जस्तै बेपत्ता पर्छन् उनीहरु पनि? 

एकीकृत जनजागरण अभियान चलाइरहेको विप्लवका कार्यक्रम स्थल र मन्च भत्काउनेहरुलाई लोकतान्त्रिक सरकारले कार्बाही गर्छ कि गर्दैन ?? सहिद परीवारले सोध्लान ? प्रभाकर जि जुन व्यवस्था फाल्न हाम्रा मान्छेहरुले रगत बगाए त्यहि व्यवस्थाको अन्त्य गर्न हामी फेरी लडौं ? की हजुर गृहमन्त्री बनेकोमा खुसियाली बनाउन ? जबाफ छ ? चुनावताका भन्दै हुनुहुन्थ्यो रे, हाम्ले जितेको ठाउँमा जनसत्ता लागु गर्छौं भनेर । ती जनसत्ता २०५८ सालका जस्तै हुन्छन् कि अहिलेको गणतन्त्र नेपालका जस्ता ?

धेरै कुराहरू लेख्न मन छ ,भन्न मन छ गृहमन्त्री ज्यू । समय अभावले गर्दा लेख्न सकिन । सहयात्रीलाई सडकमा छोडेर सत्तामा जानुभयो । जनताका समस्यालाई यथास्थितिमा छोडेर सिंहदरबारकाे कुर्सीतिर हानिनुभयाे । हाम्रो कुनै गुनसो छैन । हामी व्यक्तिलाई हैन बिचारलाई मान्छौं ।

कथित स्थानीय चुनावको नाममा कम्युनिष्ट पार्टीमाथि जुन प्रकारको दमन धरपकड भैरहेको छ त्यसको अन्त्य होस । अन्त्यमा अरु जेसुकै होस तर २०५८ फेरी नदोहोरियोस सफाल कार्यकाल को सुभकामना !

एकीकृत जनक्रान्ती जिन्दावाद !! 
सागर गजुरेल

,

प्रतिकृया दिनुहोस्

Loading...