बामदेब गौतमले विप्लवका २ नेतालाई कार्यालयमै बोलाएर गरे गिरफ्तार

  • इमान्दार मिडिया सम्बाददाता, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका २ नेतालाई मकवानपुरका डिएसपीले कार्यालयमै बोलाएर गिरफ्तार गरेका छन् । 

नेकपाका मकवानपुर जिल्ला ईन्चार्ज ज्वाला र मजदुर नेता सोम घलानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखिएको छ । 

डिएसपी बामदेब गौतमले प्रहरी कार्यलयमा बोलाएर दुबै जनालाई नियन्त्रणमा लिएको नेकपा मकवानपुरले इमान्दार मिडियालाई बतायो । 

निर्वाचनको बेला मकवानपुरमा भएका बिभीन्न घटनाक्रमलाई मध्यनजर गर्दै दुई नेतालाई नियन्त्रणमा लिएको भन्दै जिप्रका मकवानपुरका डिएसपी गौतामले थप अनुसन्धान गरिने बताए ।

२०७४ असार १३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...