ट्वेन्टी-ट्वेन्टी बलरको वरियतामा पाकिस्तानका वासिम एक नम्बर

  • एजेन्सी ।

पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा एक नम्बर बन्न पुगेका छन् । 

यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् । बलरमा चौथो स्थानमा अफगानिस्तानका रसिद खान छन् । इंग्ल्याण्डसँगको खेलमा खराब प्रदर्शन गरेका कारण ताहिरले आफ्नो स्थान गुमाउनु परेको हो । 

यस्तै नयाँ वरियताअनुसार ट्वेन्टी ट्वेन्टी क्रिकेटमा न्यूजिल्याण्ड एक नम्बरमा, इंग्ल्याण्ड दोस्रोमा र पाकिस्तान तेस्रोमा छन् । ब्याटिङमा भारतका विराट कोहली पहिलो स्थानमा, अष्ट्रेलियाका आरोन फ्रिन्च दोस्रोमा, न्यूजिल्याण्डका केन विलियमसन तेस्रोमा छन् ।

२०७४ असार १३ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...