ज्योति विकास बैंकको ३३ लाख ७७ हजार कित्ता सेयर असार २१ देखि लिलामीमा

  • काठमाडौं । 

ज्योति विकास बैंकले ३३ लाख ७७ हजार ५०८ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले असार २१ देखि २८ गतेसम्म सर्वसाधारण समूहको ५ लाख ६५ हजार १७१.४० कित्ता र संस्थापक समूहको २८ लाख १२ हजार ३३६.६० कित्ता सेयर लिलामी गर्न लागेको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि संस्थापक समूहमा अधिकतम ४ लाख कित्ता र सर्वसाधारण समूहमा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । बोलपत्र असार २९ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिनेछ ।

लगानीकर्ताले सेयर बाडफाँटमा नपरेको पैसा बाँडफाँट भएको ३ दिनभित्र सिद्धार्थ क्यापिटलको कार्यालयबाट फिर्ता पाउने बैंकले जनाएको छ । ज्योतिले गत वैशाख २८ देखि जेठ ३१ गतेसम्म १००% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी गर्न लागेको हो । लिलामीमा सेयर बिक्री भइसकेपछि बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ ।

२०७४ असार १६ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...