मोडल आशाले अनिशलाई सम्झिदै भनिन् "रुन्छु धर्केर" (भिडियोसहित)

  • काठमाडौँ। 
नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा प्रेम भाव समेटिएको कारुणिक तथा मार्मिक लोक दोहोरी गीत "रुन्छु धर्केर" बिन्ध्यवासिनी म्युजिक प्रा:लि मार्फत बजारमा आएको छ ।

धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो समयामा नै आम दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भएको सर्जक शाहस भट्टले इमान्दार मिडियालाई बताएका छन् ।

यस भन्दा अगाडि धेरै गीतहरुमा आफ्नो प्रस्तुती र शब्द कोरी सकेका राजु बर्देवाको यो गीत निकै चल्ने अनुमान गरिएको छ ।

राम्जी खाड र पुर्णकला बि सिको आवाज रहेको यो गीतमा कमल सर्गम र राजु बर्देवाको शब्द रहेको छ । यस्तै दर्जन भन्दा बढी गीतमा आफ्नो संगीत दीएर बजार लिइसकेका सर्जक तथा सञ्चारकर्मी साहाश भट्टले यो गीतको संगीत भरेका छन् ।

अनिस नेपाली र मोडल आसा खड्काले अभिनय गरेको यस गीतको म्युजिक भिडियोमा भट्ट्लाइ पनि देख्न सकिन्छ। भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायाङ्कन राजेस घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् ।

हेर्नुहोस् भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...