कविता : फूलबारीमा साँढे छोडेर


रविन न्यौपाने ।

फूलबारीमा साँढे छोडेर

फुलको संरक्षण बिषयक गोष्ठी गर्छन तिनीहरु

आगनमा खाल्डो खनेर मंसीरमा खलो बनाउने

सपनाको खेती गर्छन तिनीहरु , सुनी रहन्छौ हामीहरु

पत्याइरहनछौ हामीहरु

खेतबारीमा अनाजका बीजहरु होइन

बारुदका बिजहरु रोप्छन

जंगी हातहरुले निरिह परेवा उडाउछन

घांटीमा मिर्त्युपत्र बाँधेर

अनी ताली बजाउछन शान्तीको नाममा

सुनी रहन्छौ हामीहरु

पत्याइ रहन्छौ हामी हरु

औषधी कारखानाहरु बन्द गरेर

धतुरो कारखानाहरु खोल्छन तिनीहरु

चिनी कारखानाहरु चल्न नसकेको भन्दै

रक्सी कारखानाहरु खोल्छन

आर्थीक बिकाशको नया मोडेल भनी रहदा

सुनी रहन्छौ हामीहरु

पत्याइ रहन्छौ हामी हरु


जिउदा नागरिक हरु दैनिक

निर्यात गर्छन

अनी कम्तीमा दैनिक एक

कफीनमा मुर्दा नागरिक आयात गर्छन

कक्टेल पार्टीमा हरेक महिना विप्रेषण अर्थतन्त्रको

फाइदा बारे बहस हुन्छ

सुनी रहन्छौ हामी हरु

पत्याइ रहन्छौ हामी हरु

प्रतिकृया दिनुहोस्

Loading...