धनगढी उपमहानगरमा पनि काँग्रेसको अग्रता, एमाले तेस्रो र माओवादी पछिपछि..

  • धनगढी । 
प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । 

साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँग्रेसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाउएका छन् । 

उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २८९ मतका साथ पछ्याइ रहहेका छन । नेकपा (एमाले) का प्रमुखका प्रत्यासी दुर्गा जोशीले ६९ र उपप्रमुख रुक्मीणी देवकोटा १५४मत पाएका छन् । 

नेकपा (माओवादी केन्द्र) का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ६२ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले १२९ मत पाएकाे मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताए । 

पछिल्लो परिणाम अनुसार घोडाघोडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका लक्ष्मण चौधरीले ४६१ र उपप्रमुखमा ममता चलाउनेले ४३०मत पाएका न् । उनिहरु दुवै जनालाई प्रमुखमा कांगे्रसकी रीता चौधरीले ३०८र उपप्रमुखमा हेम बमले २५६मतले पछ्याइरहेकी छिन । 

यसैगरी कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरीले एक हजार ३० र उप प्रमुखमा स्वदेशनी चौधरीले ९८०, एमालेका प्रमुख तपेन्द्र रावलले ५२४ र उपप्रमुख कमला केसीले ४८२ र काँग्रेसका प्रमुखका उम्मेदवार जङ्गबहादुर साउँदले ५२२ र उपप्रमुख केशरी विष्टले ४७५ मत पाएका छन् । कैलालीमा १३ स्थानीय तह छन् । 

अन्य तहको परिणाम  

१) लम्की चुहा नपा : 
काग्रेस -  प्रमुख : भक्तबहादुर थापा २१७ : उपप्रमुख : धनादेवी डगौरा थारु १९१ 
एमाले - प्रमुख : महादेव बझगाई १७१÷उपप्रमुख : टीका थापा १८६ 
नेकपा माओवादी केन्द्र - प्रमुख : दलबहादुर विष्ट१३७÷उपप्रमुख : धना चौधरी १२७
२) भजनी न.पा.

नेका - प्रमुख : वीरबहादुर हमाल २२२÷उपप्रमुख : भारती चौधरी २३२ 
नेकपा माओवादी केन्द्र - प्रमुखः शेरबहादुर चौधरी ५०२÷उपप्रमुख : छाँया देवकोटा ४८६  
नेपाल लोकतान्त्रिक फोराम - प्रमुख : केवल चौधरी ७४४÷उपप्रमुख : धनवसी चौधरी ५७३ 

३) गौरीगङ्गा नपा

नेका - प्रमुख : दिनेश जोशी १२८÷उपप्रमुख :मेनका जोशी १३७  
माओवादी - प्रमुख देवीदत्त कँडेल ३४८÷उपप्रमुख : करुणा चौधरी ३५०  
एमाले - प्रमुखः भीम देउवा २३५÷उपप्रमुख : अञ्चला चौधरी २४४

४) गोदावरी न.पा.

नेका -  प्रमुखः बिरेन्द्र भट्ट ७०९  
एमाले -  प्रमुख : हरिसिंह साउद५४५ 
माओवादी - प्रमुख : गोकर्ण भट्ट३८६

५) वर्दगोरिया गा.पा.

नेका - अध्यक्ष : बलिराम चौधरी २४५  
एमाले - अध्यक्ष : कर्ण कुवर ४३८  
माओवादी - अध्यक्ष : गणेश राज गिरी ४७५ 

,

प्रतिकृया दिनुहोस्

Loading...