ताजा अपडेट : बुटवल उपमहानगरमा एमालेको पहिलो जित, पूर्ण विवरणसहित हेर्नुहोस्

  • बुटवल । 
वुटवल उपमहानगरपालिका भित्रको २ वटा स्थानीय तहमा एमालेले विजयी सुरुवात गरेको छ । उपमहानगरको वडा नम्बर १ मा एमालेका वडाअध्यक्षका उम्मेदवार महेन्द्र लिगलसहित सिंगो प्यानलसहित नै विजयी भएको छ। 
त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार डोलराज भण्डारीको प्यानल नै विजयी भएको हो ।

त्यस्तै रुपन्देहीको शुद्धोधन गाउँपालिकाबाट फोरम नेपालले जितको खाता खोलेको छ । शुद्धोधन गाउँपालिकाको वडानम्बर १ बाट नयाँ शक्ति र फोरम नेपालको तर्फबाट संयुक्त उम्मेदवार बनेका फोरमका उदयराज गडरिया विजयी भएका हुन् ।

यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको वडानम्बर १ को अध्यक्षमा कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेदवार शिवकुमार यादवको प्यानल विजयी भएको हो ।

अहिलेसम्मको परिणामअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले अग्रता लिएका छन् । एमालेका शिवराज सुवेदीले पाण्डेयलाई पछ्याइरहेका छन् ।

यसैगरी, उपमेयरमा एमालेकी गोमा आचार्य अगाडि छिन् । उनलाई माओवादी केन्द्रका जगत पोख्रेलले पछ्याइरहेका छन् ।

२०७४ असार १५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...