चुनावको अघिल्लो दिन गृहजिल्ला पुगेर कमल थापाले यस्तो के भने ?

  • हेटौँडा । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय अखण्डता, संविधान कार्यान्वयनमाथि आईपरेको चुनौतीको सामना गर्न जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष थापाले आजमंगलबार हेटौँडामा राप्रपा मकवानपुरले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले संविधान कार्यान्वयन गर्न आगामी माघ ७ गतेसम्म प्रदेश र केन्द्रको चुनाव सम्पन्न गरी तराईमा देखिएको समस्यालाई निष्पक्ष र व्यावहारिक रुपमा निकास दिन प्रमुख दल नै एक ढिक्का हुनुपर्ने विचार व्यक्त गरे ।

उनले नेपालमा राष्ट्रवादी शक्तिलाई कमजोर पार्न बाह्यशक्तिको चलखेल बढेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल ध्रुवीकरणमा होइन जनतालाई केन्द्रविन्दु बनाएर आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए  ।

२०७४ असार १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...