मौन अवधिमा पैसा बाँड्दा बाँड्दै एमाले सांसद् र उम्मेदवार पक्राउ परेपछि एमालेभित्र भूकम्प

  • ओखलढुंगा । 
भोट किन्‍ने समय मानिँदै अाएको मौन अवधिमा एमाले सांसदले नै मतदातालाई पैसा बाडिरहेको अवस्थामा पक्राउ परेका छन् ।

ओखलढुंगामा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दाबाँड्दै स्थानियले रंगेहात नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीयका अनुसार जिल्लाको मोलुङ गाउँपालिकाको रामपुर भन्ने ठाउँका मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ गरी सांसद सुनुवारलाई इलाका प्रहरी कार्यालय रामपुरलाई जिम्मा लगाइएको छ ।

पत्रकार खीला कार्कीका अनुसार सांसद सुनुवारले एमाले उम्मेदवार मणिराज राईको जिताउन भन्दै पैसा बाँडिरहेका थिए । उनले मतदाताको अवस्था हेरेर २ हजारदेखि २० हजारसम्म बाँडेका थिए ।


त्यस्तै,पाल्पाको रिप्तीकोट गाउँपालिका वडा नं ३ का वडाध्यक्षको उम्मेदवार विष्णुप्रसाद खनालले मतदातालाई पैसा बाँडिरहेको बेलामा स्थानीयले नियन्त्रणमा लिएका हुन्। त्यहाँ पनि अहिले प्रहरी आईसकेको छ र स्थानीयले वडाध्यक्ष खनाललाई प्रहरीको जिम्मा लगाईसकेका छन्।

२०७४ असार १४ गते ।

,

प्रतिकृया दिनुहोस्

Loading...