सरकारमा जान कमल थापाको बार्गेनिङ सुरु, उपप्रधामन्त्रीका लागि मरिहत्ते !

  • काठमाडौँ । 

सरकारमा जान खुट्टा उचालेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो मन्त्रालयको लागि बार्गेनिङ सुरु गरेको छ ।

काँग्रेस-माकेले अाफूसँग गरेको सम्झौता उलंघन गरेको भन्दै राम्रो मन्त्रालयको लागि पहल थालेको छ । उपप्रधानसहित पाए अाफै सरकारमा जाने सोँच बनाएका पार्टी अध्यक्ष कमल थापा अहिले निरास भएका छन् ।

मन्त्रिमण्डलमा सम्मानजनक स्थानको लागि महामन्त्री जयन्द चन्दको संयोजकत्वमा कार्यदल नै गठन गरेको थियो । तर, काँग्रेस र माओवादी केन्द्रले वास्ता नगरेपछि मन्त्रीको लागि तयार भएका राप्रपाका नेताहरुले सम्मानजनक हैसियतको लागि भन्दै छलफल सुरु गरेका छन् ।

राप्रपाका प्रवक्ता भुवन पाठकले संसद्‍को चौथो ठूलो दल भएका कारण सरकारमा सम्मानजनक स्थान दिनु पर्ने भन्दै त्यस्तो नभए सरकारमा सहभागी नहुने बताएका छन् । राप्रपासँग ३७ सांसद् छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...