कर्णाली बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (हेर्नुहोस् नामलिस्टसहित)

  • दैलेख 
दैलेखको राकम कर्णाली बस दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको सनाखत भएको छ । 

दुर्घटनामा परि ज्यान गुमाउनेहरु

सिंहा नेपाली – विनायक नगरपालिका, अछाम 
रुपा नेपाली – विनायक नगरपालिका, अछाम 
धिरेन्द्र विसी – भैरवस्थान, अछाम 
युवराज शाही – राजकोट नगरपालिका–६, कालिकोट 
सुनिल शाही – शान्नित्रिवेणी गाउँपालिका, कालिकोट 
धर्मराज शाही – रासकोट नगरपालिका–५, कालिकोट 
प्रकाश शाही – रासकोट नगरपालिका–५, कालिकोट 
कविता शाही – रासकोट नगरपालिका–५, कालिकोट 
मेनका फर्साल – रासकोट नगरपालिका–६, कालिकोट
होइजाली सुनार – शान्नित्रिवेणी–६, कोलिकोट
मंगल कसेरा – बाजुरा

कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस बुधबार दिउँसो ३ बजेतिर  आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइतेमध्ये दुईजनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातजना घाइतेको  राकममै उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी केदार रजौरेले जानकारी दिए ।

दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...