२०१८ का लागि कोरियन भाषा परीक्षा सुरु

  • काठमाडौं । 
सन् २०१८ को लागि शनिबारबाट कोरियन भाषा परीक्षा सुरु भएको छ । परीक्षा आज र भोलि (आइतबार) काठमाडौंमा सञ्चालन हुँदैछ ।

परीक्षा सञ्चालनका लागि कोरियाबाट ५५ जनाको मानव संसाधन अधिकारीको टोली काठमाडौं आएको छ भने देशभारबाट ७५ हजार भन्दा बढी परीक्षार्थी काठमाडौंमा छन् ।

आज र भोलि गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले अनलाइनखबरलाई बताए । यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

गतवर्षहरुमा पोखरामा पनि परीक्षा केन्द्र तोकिन्थ्यो । तर, यो वर्ष प्राविधिक कारण सबै परीक्षार्थीलाई काठमाडौंमा परीक्षा लिन लागिएको भण्डारीले बताए ।

विहान परीक्षा भएका परीक्षार्थीहरुको केन्द्रहरूमा भीड थियो । परीक्षार्थीलाई गेटदेखि नै कडा जाँचसहित केन्द्रमा प्रवेश दिइएको थियो । परीक्षामा मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने ब्यवस्था गरिएको छ ।

‘इलेक्ट्रोनिक्स कुनैपनि डिभाइस परीक्षार्थीले ल्याउन पाउँदैनन् । ल्याए भने रेस्टिकेट गरिन्छ’ भण्डारीले भने ।


परीक्षार्थीले अनलाइन भर्दा इमेलमा आएको प्रवेशपत्रको रंगीन प्रिन्ट पनि ल्याउनुपर्नेछ । सँगै एमआरपी पनि अनिवार्य गरिएको छ ।

यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसममध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...