राजधानीको नयाँबजारमा आगलागी, ३० लाखको क्षति

  • काठमाडौं । 
काठमाडौँको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । नयाँ बजार मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा शनिबार दिउँसो आगलागी भएको हो ।

मिठाई पसलमा एउटा ग्यास सकिएपछि अर्को नयाँ सिलिन्डर परिवर्तन गर्ने क्रममा एक्कासि आगलागी हुन पुगेको बताइएको छ । 

आगलागीबाट दुई ओटा सिडिन्डर पड्किन पुगेको र घरको दुई तलासम्म क्षति पुगेको महानगरीय प्रहरी बृत्त लैनचौरले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...