रेणु दाहालका प्रतिनिधिले उफ्रिउफ्रि मतपत्र च्याते : केपी ओली (भिडियोसहित)

  • काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भरतपुरमा रेणु दाहालका प्रतिनिधिले उफ्रिएर मतपत्र च्यातेको बताएका छन् । 

ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाउदै भरतपुर महानगरको वडानम्बर १९ को केही मतपत्र च्यातिएकोभरमा प्रयोजित रुपमा पुनः मतदानमा जाने निर्णय भएको भन्दै उनले यो डरलाग्दो र दुःखद भएको बताए । माओवादीले हार स्वीकार गर्न नसकेर मतदान अधिकृत बाहिर गएको मौका छोपेर दाहालका प्रतिनिधिले मतपत्र च्यातेको उनको भनाई छ ।

मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि कब्जा भन्नु अनौठो भएको बताउदै उनले संसदमा प्रश्न गरे - ‘निर्वाचन अधिकृत कब्जामा थियो ? प्रहरी प्रमुख कब्जामा थियो ? उम्मेदवार कब्जामा थियो ?’

उनले भने, ‘चुनावमा हारजित हुन्छ । तर, सत्तापक्ष केही-केही ठाउँमा हार्न तयार भएको छैन ।’ ओलीले अघि भने, ‘को को हुँदा हराउन नपाइने हो कमसेकम प्रतिपक्षलाई थाहा पाए माइन्ड मेकअप गर्न पाइन्थ्यो । नत्र परीणाम स्वीकार गर्नुपर्छ ।’

निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रुपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठाएको भन्दै निर्वाचन आयोगले त्यस गोलमटोल रिपोर्टलाई विश्वास नगरेर अनुगमन टोली पठाएको बताए ।

हेर्नुहोस् लाईभ

,

प्रतिकृया दिनुहोस्

Loading...