एमाले अध्यक्ष ओलीले किन दिए नेपालमा जनविद्रोह हुने चेतावनी ?


  • काठमाडौं । 

हरेक समय राजनैतिक बिषयमा उखान र टक्का जोडेर भाषण गरि आफ्नो बिचारलाई दरिलो बनाउने एमाले अध्यक्ष केपी ओलीले नयाँ बिश्लेषण गरेका छन् । उनले राजपाको मागअनुसार नभइ कतै गरेको कबुलियतनामा अनुसार सरकारले चुनाव सारेको आरोप पनि लगाएका छन् ।

प्रगतिशील ब्यवसायिक वकिल एशोशिएसन (पीपीएलए) ले शुक्रबार राजधानीमा गरेको भेटघाट तथा छलफल कार्यक्रममा ओलीले राजपाले चुनावमा भाग लिने अवस्था आएपछि चुनाव सारिएको पनि आरोप लगाए । उनले चुनाव गराउनुपर्यो भन्ने नाममा सरकारले नै हिमाल, पहाड, तराईमा विखण्डन ल्याउन खोजेको आरोप पनि लगाए ।

यस्तै कार्यक्रममै अध्यक्ष ओलीले अहिलेकै अवस्था रहिरहेका जनविद्रोह हुने चेतावनी दिए । सरकार तानाशाही ढंगले अघि बढ्दै गएमा जनविद्रोह हुने चेतावनी दिए पनि ओलीले जनविद्रोहको नेतृत्व कसले गर्छ भन्ने खुलाएनन् । ‘सरकार तानाशाही ढंगले चलिरहेको छ’, ओलीले भने, ‘कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ ।’ राज्यका निकायलाई कमजोर बनाएर सरकार तानाशाहीकरणतर्फ गइरहेको ओलीको आरोप थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...