नेपाल पर्वतारोहण संघमा यस्तो ब्रह्मलुट, अधिवेशनबाट भ्रष्टलाई हटाउने तयारी

  • माधब पनेरु, पोखरा । 
नेपाल पर्वतारोहण संघमा भ्रष्टाचार काण्डले चर्चा पाएको छ । अन्तराष्ट्रिय स्तरको संस्था नेपाल पर्वतारोहण संघ (एन.एम.ए.) मा भ्रष्ट्राचार काण्डले अहिले चर्चा पाएको हो ।

संघको निर्वाचन मिति नजिकिदै जाँदा नयाँ नेतृत्वका लागि विभिन्न राजनीतिक दलसँग नजिकिएका पर्यटन व्यवसायीहरु भ्रष्ट्राचार काण्डलाई कसरी उठाउने र आफ्नो सहभागितामालाई कसरी बलियो बनाउने भन्ने बारे पार्टीमा छलफल गर्न थालेका छन् । 

विगतमा धेरै कार्य समितिहरु सहमतिमा नै बन्दै गएता पनि यस पटक चार पक्षको भिडन्त हुने देखिएको छ ।नेपाल पर्वतारोहण संघमा चरम राजनीतिक भित्रिनुले संघको गरिमामा आँच आउने र संघमा आबद्ध आरोही, मजदुर, कर्मचारीमाथि अन्याय हुने गरेको पुराना पर्यटन व्यवसायीहरुको भनाइ छ । 

विवादै विवादमा संघ

नेपाल पर्वतारोहण संघ विवाद मुक्त कहिले पनि हुन् सकेन । विगतमा संघमा भष्ट्राचार, अनियमितता, गुटबन्दी तालाबन्दी देखि लिएर हिमाल खोसिने सम्म कार्य हुदै आएको सर्वविदितै छ । 

विगतमा एन एम ए कार्य समिति कोषाध्यक्ष समेत रहेका आशा गुरुङले संघमा, अनियमिता मनोमानी लगायत लिखित रुपमा नै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा निवेदन पेश गरेको श्रोतको भनाई छ ।

नेपाल पर्वतारोहण संघ (एन एम ए)मा चार दशक देखि रोयल्टी संकलन गर्ने अधिकार पाएको ३३ वटा हिमाल विवादित वनेको यसै गरी केपी ओली नेतृत्वको सरकारमा सामेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको सिफारिसमा नेपाल पर्वतारोहण संघले उठाउदै आएको रोयल्टी अधिकार खोसेका थिए ।

को-को छन् मुख्य आकांक्षी

जुलाई पहिलो हप्ता गरिने एन एम ए को निर्वाचनमा मुख्य चार जना आकांक्षी देखिएका छन् । वरिष्ठ पर्यटन व्यवसायी तथा पूर्व अध्यक्ष जिम्बा जाड्बु शेर्पा, निमा नुरु शेर्पा वर्तमान प्रथम उपाध्यक्ष सन्त विर लामा र भूमिलाल लामा रहेका छन् । 

एन एम ए को नेतृत्व हत्याउन संघका एक जना आकांक्षी संघका वर्तमान प्रथम उपाध्यक्ष तथा संग्रहालय संयोजक सन्तविर लामा निकै कस्सिएर लागेका छन्। उनको कार्यकालमा नै संघले निकै वदनामी कमायो । 

संघमा बसेर व्यक्तिगत लाभ लिने देखि अनियमितता अपारदर्शिता, नातावाद लाई वढावा दिएको संघ आबध्द ब्यबसायीहरुले नै आरोप लगाउदै आएका छन ।

यी हुन् लामाका मनोमानी र बदमासी 

लामाले पोखराको संग्राहलय परिसरमा मनोमानी ढंगले कफि खेति गरेका थिए । त्यस्तै लामाले पर्बतिय संग्राहलय परिसर भित्र रहेको रेष्टुरेन्टको अस्वभाविक तरिकाले १५ बर्षे संझौता गरि आफ्नै भान्जालाई सञ्चालन अनुमति दिएका थिए ।

लामाले आफ्नै कार्यकालमा कृतिम क्लाईम्वीङ्ग वाल पनि बिना टेन्डर र्निमाण गरेका थिए । त्यस्तै उनले आर्थिक बिषयमा मनोमानी गरेको आरोप पनि लागेको छ ।

लामा बिरुद्ध अख्तियारमा उजुरी

नेपाल नेपाल पर्वतारोहण संघमा रहेर मनपरी गर्दै आइरहेका लामा बिरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी समेत परेको छ ।

लामा बिरुद्ध संघमा बसेर व्यक्तिगत लाभ लिने देखि अनियमितता अपारदर्शिता, नातावाद लाई वढावा दिएको लगातयत दर्जन आरोपसहित अख्तियारमा उजुरी परेको हो।

श्रोतका अनुसार अख्तियारले लामाको मनोमानी र हिनामिनाका बिषयमा छानबिन गरिरहेको छ । लामा पर्बतिय संग्राहलय पोखराको संयोजक हुन ।

शेर्पा समुदायको बाहुल्यता र पर्यटन व्यबसाय भन्दा बाहिरकाको बर्चस्व

नेपाल पर्वतारोहण संघमा हालसम्म शेर्पा समुदायका मान्छेहरुको बाहुल्यता रहने गरेको छ । त्यस्तै पर्यटन व्यबसायी भन्दा बाहिरका र हिमाल संबन्धी जानकारी नभएका व्यक्तिहरु पनि सदस्य बनेको व्यावसायिको गुनासो छ ।

अहिलेसम्म व्यवसायीले खोजेको जस्तो संघ बन्न नसकेको दुखेसो पोख्दै नयाँ नेतृत्व स्वच्छ छवि विकास प्रेमी, पर्वतारोहण सम्बन्धी अनुभव भएको हुनुपर्ने संघमा आबद्ध, आरोही, गाइड भरिया र कर्मचारीहरुको भनाइ छ । 

संघलाई अव भ्रष्टहरुको हातमा जान नदिने र पारदर्शि बनाउनको लागि अधिवेशन मार्फत नयाँ पदाधिकारी ल्याउनु पर्नेमा उनिहरुले जोड दिएका छन ।

२०७४ असार ३ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...