संसदमा कुर्सी फुटाल्ने माओवादी सांसदले सप्तरीका एलडीओलाई कार्यालयभित्रै कुटे..

  • सप्तरी । 

संसदमा कुर्सी तोडफोड गर्ने नेकपा माओवादी केन्द्रका सांसद उमेश यादवले सप्तरीका स्थानीय विकास अधिकारी (एलडीओ)लाई हातपातको प्रयास गरेका छन् ।

यादवले विहिबार स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेललाई जिल्ला समन्वय समितिको कार्यालयभित्रै हातपातको प्रयास गरेका हुन् ।

पूर्व सिंचाईमन्त्री समेत रहेका यादवले एक दर्जन बढी व्यक्तिलाई लिएर एलडिओ पोखरेलको कार्यकक्षको ढोका तोडेर हातपातको प्रयास गरेको कर्मचारीहरुले बताएका छन् । एक कर्मचारीका अनुसार अँगरक्षक र कर्मचारीहरुले भित्र गई ढोका लगाएर पोखरेललाई बचाएका थिए ।

यता स्थानीय विकास अधिकारी पोखरेलले आफूमाथि हातपातको प्रयास भएको पुष्टि गरे । ‘भित्रबाट ढोका नलगाएको भए निश्चय नै आफू आज पिटाई खान सक्ने अवस्था आउथ्यो, तत्कालै कर्मचारीहरु आउँदा मलाई केही भएन्,’ उनी भन्छन् ।

यता सांसद यादवले आफूले हातपात गर्ने त्यस्तो कुनै काम नगरेको दाबी गरेका छन् । संविधानसभा बैठकमा माघ ८ गते कांग्रेस र एमालेसहितका दलहरूले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने तयारी गरेका बेला उदण्डता मच्चाइ अराजकता देखाएका यादवले सांसदहरू बस्ने कुर्सी तोडफोड गरेका थिए । दैनिक नेपालमा समाचार छ ।

२०७४ असार ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...