दार्जीलिङ बासीलाई खुसीको खबर, आन्दोलनलाई सिक्किमका मुख्यमन्त्रीको समर्थन

  • काठमाडौं । 
अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन जनाएको छ । ।

सिक्किमको ग्यान्टोकमा बिहीबार सम्पन्न फ्रन्टको सम्मेलनमा उक्त समर्थन जनाएको ‘इन्डियन एक्सप्रेस दैनिक’ले उल्लेख गरेको छ ।

नेपालीभाषी बहुल सिक्किमको यो समर्थनले दार्जीलिङको मुद्दालाई कति प्रबल बनाउँछ, त्यसबारे भने तत्काल अनुमान गर्न कठिन छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

२०७४ असार ९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...