ललितपुरमा युवतीहरुबीच खतरनाक ग्याङ फाइट, एकको अवस्था गम्भीर, ४ पक्राउ

  • ललितपुर । 

ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुबीच ग्याङ फाइट हुदाँ एक जना घाइते भएका छन् । 

पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई र कोपिला गिरी समूह फाइटमा उत्रिएको हो । राईसहित ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था बोल्न नसक्ने छ । घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७४ असार ७ मा प्रकाशित 
तस्वीर ; गुगल

,

प्रतिकृया दिनुहोस्

Loading...