सांसदहरुले ठुला नेताहरुको पोल खोल्ने धम्की दिएपछि पेरिसडाँडामा भूकम्प...

  • काठमाडौं ।
नेकपा माओवादी केन्द्रका केहि संसादहरुले आफूलाई मन्त्री नबनाए ठुला नेताहरुको पोल खोलिदिने धम्की दिएपछि पेरिस डाँडामा भूकम्प गएको छ ।

मुख्य कुरो कृष्णबहादुर महरा र जनार्दन शर्मालाई दोहो-याएर मन्त्री बनाएपछि माअाेवादी केन्द्रभित्र कडा धक्का एक नेताले बताए । भूकम्प ल्याउनेहरुले आफूलाई मन्त्री नबनाए प्रचण्ड, महरा र जनार्दनको पोल खोल्ने धम्की दिएका छन् ।

कतिपय नेताहरुले कसैलाई काखा, कसैलाई पाखा गर्ने भए पार्टीमा किन बस्ने, पार्टी त्याग गर्ने चुनौती पनि दिएका छन् ।

माओवादीभित्र ७७ सांसदले मन्त्रीको दावी गरिरहेका छन्, जब कि माओवादीले पाउने १० मा ३ मन्त्री भइसके, ७ मात्र बाँकी छ । ७ मा ७७ लाई कसरी मन्त्री बनाउने रु एउटालाई बनायो अर्को रिसाउने भो भनेर प्रचण्ड खप्परमा हात राखेर बसेका छन् ।

यसरी पार्टी नै छोड्ने धम्की दिनेहरु भए पनि मन्त्री हुनेमा भने टेबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल पक्का भएका छन् । सबैभन्दा बढी नारायणकाजी रिसाएका छन् । उनीसँगै रामबहादुर थापा र वर्षमान पुन पनि रिसाउनेमा परेका छन् ।

यसअघि कृष्णबहादु महरा र जनार्दन शर्मालाई देउवा सरकारमा पठाएकै दिए माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले सामाजिक सञ्जाल ट्वीटरबाट पार्टीभित्रको आन्तरिक किचलो छताछुल्ल पारेका थिए ।

यो पनि पढ्नुहोस्  
प्रभाकर गृहमन्त्री बनेकै दिन नारायाणकाजीले मध्यराति लेखे यस्तो तनावग्रस्त स्टाटस

,

प्रतिकृया दिनुहोस्

Loading...