प्रचण्डको एकता आह्वान मोहन वैद्यद्वारा सिधै खारेज, (हेर्नुहोस् पूर्ण पाठसहित)

  • काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्ग दुश्मनको संज्ञा दिएका छन् । कुनैपनि हालतमा पार्टी एकता हुन नसक्ने बताएका छन् ।

प्रचण्डले माओवादीहरुबीच एकता गर्न आफूले पहल गरिरहेको सार्वजनिक रुपमा भाषण गरिरहेको बेला अध्यक्ष वैद्यको यो अभिव्यक्ति आएको हो । आइतबार एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले वर्ग दुश्मनसँग आत्मसमर्पण गरेर जनयुद्ध र नयाँ जनवादी क्रान्तिप्रतिको विश्वासघात भएको बताएका छन् ।

साथै, एकता आ्हवानलाई वैदेशिक प्रतिक्रियावादीबाट निर्देशित दक्षिणपन्थी र षडयन्त्रकारीको आवाज भएको बताएका छन् । कम्युनिस्टको साम्यवादसम्मको यात्रामा विश्वासघाती माओवादी केन्द्रका नेतृत्व सावित भएको बताए । एकताका लागि गरिएको आह्वान खारेज गरिएको प्रष्ट पारेका छन् । प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर आफूले सही निर्णय गरेको समेत वक्तव्यमा दाबी गरेका छन् ।

‘माओवादी केन्द्रको मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही होइन भन्ने कुरा पनि अब छर्लङ्ग छ’ विज्ञप्तिमा भनिएको छ । आफूले बल प्रयोगको सिद्धान्त कहिल्यैै नछोडेको प्रष्ट पारेका छन् ।

वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा व्यवस्थाको विरोधमा उभिने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुसँग एकताबद्ध गर्न कम्युनिष्ट पार्टी निर्माण गर्न तयार रहेको अध्यक्ष वैद्यले स्पष्ट पारेका छन् ।

हेर्नुहोस् विज्ञप्ति 

प्रेस वक्तव्यको पूर्ण पाठः

केही दिनयता माओवादी केन्द्रको मूल नेतृत्वद्वारा पार्टी एकताका लागि आव्हान गरिएका समाचार आइरहेका छन् । यस प्रकारका समाचारबाट विभ्रम पैदा हुने भएकाले त्यसबारे पार्टी धारणा सार्वजनिक गर्न आवश्यक देखिएको छ । माओवादी केन्द्रको मूल नेतृत्वले नेपाली नयाँ जनवादी क्रान्ति, जनयुद्ध र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात र देशी तथा विदेशी वर्गदुश्मनहरुसित आत्मसमर्पण गरेकाले हामीले त्यसप्रकारको नेतृत्वका विरुद्ध विद्रोह तथा सम्बन्धविच्छेद गरी नयाँ पार्टी निर्माण गरेको कुरा प्रष्ट नै छ । र, हाम्रो त्यो कदम सही नै थियो भन्ने कुरा अहिलेसम्म आउँदा राम्रोसित प्रमाणित समेत भइसकेको छ ।

माओवादी केन्द्रको मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही होइन भन्ने कुरा पनि अब छर्लङ्ग भइसकेको छ ।

साथै, हामीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसित गरिने पार्टी एकतासम्बन्धी दृष्टिकोण पनि सार्वजनिक गर्दै आएका छौं र यसबारे पनि प्रष्ट हुन जरुरी छ । हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, बल प्रयोगको सिद्धान्त, वैज्ञानिक समाजवाद तथा साम्यवादलाई स्वीकार्ने, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले संशोधनवाद मुख्यतः दक्षिणपन्थी संशोधनवादविरुद्ध संघर्ष गर्न तयार हुने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा व्यवस्थाको विरोध गर्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गरी नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न तयार छ । र, यस निम्ति आवश्यक छलफल तथा बहसको प्रक्रियालाई अगाडि बढाउन हामी सम्बन्धित सच्चा कम्युनिष्ट कमरेडहरुसित विशेष अनुरोध पनि गर्दछौं ।

मिति: २०७४/२/२८

मोहन वैद्य (किरण)
अध्यक्षनेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)

,

प्रतिकृया दिनुहोस्

Loading...