एमाले लामो समय टिक्दैन भन्दै महासेठ माओवादीमा प्रवेश , प्रचण्डले गरे भब्य स्वागत


काठमाडौं ।

बिक्रम संवत २०४२ सालको चर्चित जनकपुर बम काण्डका कमाण्डर डा. जितेन्द्र महासेठ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो डा.महासेठलाई पार्टीमा प्रवेश गराएका हुन् ।

तात्कालीन गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नेतृत्वमा २०४२ सालमा राजा महेन्द्रमाथि गरिएको बम हमलाको डा.महासेठ कमाण्डर थिए । बम काण्डपछि डा. महासेठले १३ महिना लामो यातनापूर्ण हिरासत जीवन बिताएका थिए ।

जनवादी मोर्चाका नेतासमेत रहेका डा.महासेठले २० वर्ष नेपाल मेडिकल कलेजको निर्देशक भएर काम गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा डा. महासेठले राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव लामो समय नटिक्ने दाबी गरे । उनले भने, ‘एमाले अहिले ठूलो पार्टी जस्तो देखिएको छ ।

तर, यो लामो समय टिक्दैन । भ्रामक कुरा राजनीतिमा दिगो हुँदैन ।’अध्यक्ष दाहालले डा. महासेठको पार्टी प्रवेशले मधेस र मधेसी बुद्धिजीवीहरूमा निकै ठूलो सन्देश जाने बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...