आर्मीका क्याप्टेनले माओवादी उम्मेदवारलाई धम्काउदै भने - मैले धेरै माओवादी मारेको छु

  • कर्ण चन्द, डोटी ।
डोटीको बड्डी केदार गाउँपालिकामा खटिएका नेपाल आर्मीक क्याप्टेन र शसस्त्र प्रहरीका ईन्सपेक्टरले माओवादी केन्द्रका उम्मेदवार जंग बिकलाई धमकाएका छन । मंगरबार साझ नेपाली सेनाका क्याप्टेन ध्रुब बहादुर राणा र शसस्त्र प्रहरी बलका ईन्सपेक्टर धन सिंह महराले माओबादी केन्द्रका बडी केदार गाउँपालिका अध्यक्षका उम्मेदवार जंग बि.क.(शैलेन्द्र) लाई भेटेर धम्कि दिएका हुन् ।

बर्छैनमा रहेको राजु गेष्ट हाउसमा बसेका माओवादी उम्मेदवारलाई सोही होटलमा माथिल्लो तलमा सिपाही लगाएर बोलाएर उनिहरुले धम्काउने काम गरेको जंक बिकले बताए । जंगले भने ‘ उनिहरुले माथी बोलाए, अत्याधिक मदिरा पनि सेवन गरेका थिए, उनिहरुले माथिल्लो तलामा बोलाएर शसस्त्रका महराले आफु युद्धको पनि सफल कमाण्डर हो , धेरै माओवादी मारेको छु म यहाँ पनि सफल हुन्छु ।’

बिकले इमान्दार मिडियासँग कुरा गर्दै थपे ‘ छेउमै रहेका नेपाली सेनाका क्याप्टेन राणाले थपे तिम्रा खसेका सबै मत यहाँ पुग्छन भन्नेमा ढुक्क छौ, यदी होईन भने सोच, भन्दै होच्याउदै कुरा गरे । ’

जनयुद्धका बेला आफुले धेरै माओबादी मारेको र आफु गुण्डा समेत भएकाले जे पनि गर्न सक्ने भन्दै धम्कि दिएको बिकले बताए । ‘सेनाको क्याप्टेन र शसस्त्र प्रहरीको ईन्सपेक्टरले भनेको कुरालाई हामीले सामान्य अबस्थामा लिएका छैनौं,योजनाबद्ध ढंगले परिचालन भएको र अप्रिय घटना घट्न सक्ने हुदा सक्छ सरकारले त्यसमा ध्यान दिनु पर्छ ।’

निर्वाचन सुरक्षामा परिचालन भएका सुरक्षा अधिकृतले माओबादी उम्मेदवारलाई धम्कि दिएपछि चुनाबी प्रचार,प्रसारमा संलग्न माओबादी कार्यकर्ताहरु आक्रोशित बनेका छन् । 

उक्त घटनाका बारेमा आफुलाई पनि प्रारम्भीक जानकारी प्राप्त भएको शसस्त्र प्रहरी बलबाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दिपक कुँवरले बताए । कँवरले इमान्दार मिडियासँग भने ‘घटना भएको हामीलाई पनि जानकारी प्राप्त भएको छ , छानविनका लागी डिएसपी सापको नेतृत्वमा बडीमालीका गुल्म अत्तरियाबाट टोली आउने भएको छ ।’ 

चुनाबी प्रचारका क्रममा रहेका आफ्नो पार्टीका उम्मेदवारलाई सिपाही पठाएर खोज्न लगाई भेटेर धम्कि दिनु आपत्तीजनक घटना भएको र नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरीका ईन्सपेक्टरले यस्तो कार्य गर्नुले स्वतन्त्र र निश्पक्ष निर्वाचन हुनेमा आशंका रहेको माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले बताए ।

२०७४ असार ८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...