अब मतगणना गर्दा राजनीति दलका प्रतिनिधिले मतपत्र छुन नपाउने, यस्तो छ कारण !

  • काठमाडौं ।
निर्वाचन आयोगले आगामी दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरुले मतपत्र छुन नपाउने व्यवस्था गरेको छ ।

स्थानीय तहको पहिलो चरणको मतगणनाका क्रममा केही स्थानमा राजनैतिक दलहरु बिच विवादभएपछि आयोगले यस्तो निर्णय गरेको हो ।

निर्वाचन अनुगमन भ्रमणका क्रममा बिहिबार दिउसो रुकुम सदरमुकाम खलंगा पुगेका आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसंग भेटघाट एवं छलफल गर्दै गणकहरुले टाढैबाट देखाएर सदर–बदरको टुंगो लगाईने बताए। 

त्यस क्रममा उनले कुनै पनि राजनैतिक दल अथवा दलको प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लघन गरेमा त्यो कानुनतः अपराध ठहर्ने भन्दै कोहि पनि त्यस्तो अपराधमा संलग्न नहुन पनि उनले सचेत गराएका छन्।

तस्वीर : अन्नपूर्ण


,

प्रतिकृया दिनुहोस्

Loading...