(ताजा अपडेट) : ५७ तहमा मतगणना जारी, कांग्रेस २५ स्थानमा अगाडि, एमाले पछ्याउँदै

  • काठमाडौं ।
बुधबार भएको दोस्रो चरणको निर्वाचन अन्तर्गत ३ प्रदेशमा हालसम्म मतगणना जारी रहेको छ ।

बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ । 

त्यस्तै ते्रहथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ ।  त्यस्तै राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...