खाँदबारी नगरपालिकामा एमालेको गढ भत्काउदै कांग्रेसले गाड्यो विजयी झण्डा



काठमाडौं ।

संखुवासभा जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।

विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् ।

खाँदबारी नगरपालिका वडा नंं १० चन्दनपुर मतदान केन्द्रमा जम्मा १९५० मतदाता रहेकोमा जम्मा १३२३ मत खसेको थियो । जिल्लामा ५ नगरपालिका र ५ गाउँपालिका छन् ।वडा नम्बर १० को मतगणना सकिँदा मेयर र उपमेय दुवैमा नेकपा एमालेले अग्रता लिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...