बाजुराबाट काँग्रेसले खोल्यो खाता, उदयपुर ,रुपन्देही, पाँचथर, बर्दिया र रोल्पाको ताजा मतपरिणाम

  • बाजुरा ।
बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् । उनी ५ सय ४० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत ल्याए । मेयरका उम्मेदवार नेपाली कांग्रेसका पदम बडुवालले ५ सय ३७ तथा उपमेयर कविता विष्टले ५ सय ३७ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार गगन रावलले ३ सय ९३ मत ल्याएका छन् भने उपमेयर उम्मेदवार गीता रावलले २ सय ९० मत ल्याएका छन् ।

रोल्पा

रोल्पाका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ । माडी, त्रिवेणी, रुन्चीगली गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीमा बुधबार राति र बिहीबार बिहानदेखि मतगणना सुरु भएको हो ।

प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको एक नगरपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको छ । चौदण्डी नरपालिकामा मतगणना सुरु भएको हो ।

उदयपुर

१० वडा रहेको चौदण्डी नरपालिकामा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । ४ गाउँपालिका र ४ नगरपालिका रहेका उदयपुरका अरु स्थानीय तहमा भने बिहीबार बिहानबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

रुपन्देही

प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीको बुलटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा अहिले मतगणना भइरहेको छ । बुटवलमा बिहीबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो । यस्तै देवदह र सिद्धार्थनगरमा राति १ बजेदेखि मतगणना भइरहेको हो ।

देवदह नगरपालिकाको प्रारम्भीक मतपरिणाम पनि आएको छ । देवदहको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भीकर नजिता अनुसार मेयरमा कांग्रेस उम्मेदवार हिरा केसीले ३७ मत ल्याएका छन् ।

यस्तै एमाले उम्मेदवार टीकाराम चापागाईंले २४ मत ल्याए । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका चार गाउँपालिकामा पनि रातिदेखि नै मतगणना भइरहेको छ ।

पाँचथर

पाँचथरको दुम्बेवा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुधबार राति १० बजेदेखि मतगणना सुरु भएकोमा प्रारम्भीक नतिजा आउँदासम्म गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

दुई सय ५४ मत गन्दासम्म कांग्रेस उम्मेदवार होम थापाले एक सय मत ल्याएका छन् । यो गाउँपालिकामा माओवादी केन्द्र र एमालेले तालमेल गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका देवेन्द्र खत्रीले ७० मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी धन सावाले ९९ मत ल्याइन् । कांग्रेसले राप्रपासँग गठबन्ध गरेकाले उपाध्यक्षमा राप्रपाका उम्मेदवार घलेन्द्र कुरुङवाङले ६२ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडाध्यक्षमा भने एमालले अग्रता लिएको छ । पाँचथरका एक नगरपालिका र सात गाउँपालिकासहित ८ स्थानीय तह छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...