सोलुखुम्बुको तिङ्लामा किन भयो शून्य मतदान ? यस्तो छ सनसनीपूर्ण रहस्य



सोलुखुम्बु । 

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका(६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेचासल्यान– ६ तिङ्लाका पाँचवटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाए पनि उक्त समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

नेचासल्यान गाउँपालिका– ६ तिङ्लामा दुई हजार ४७६ मतदाता छन् । यो वडामा कसैले पनि उम्मेदवारी दिएका छैनन्।

सोलु दूधकुण्ड नगरपालिकाको सट्टा नेचासल्यान गाउँपालिकामा तिङ्लालाई समावेश गरेपछि स्थानीयले यसको विरोध गर्दै आएको संघर्ष समितिका अध्यक्ष बालकुमार कार्कीले जानकारी दिए ।

स्थानीय सरोज बस्नेतले भोट दिन नपाउँदा नरमाइलो लागे पनि त्यो आफूहरूको बाध्यता भएको बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...