चर्चित गायिका मीरा राणासहित ३ सयबढी नेता–कार्यकर्ता राप्रपा (राष्ट्रवादी)मा प्रवेश

  • काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् गायिका मीरा राणासहित करिव ३०० नेता– कार्यकर्ता एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)मा प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ पूर्वसभापति श्याम घिमिरे, कार्यकर्ताहरु उदयजङ्गा राणा, उज्ज्वल पोखरेल, सरु बास्तोलालगायतका नेता कार्यकर्ताले एक कार्यक्रमका बीच लोहनीको पार्टीमा प्रवेश हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रवादी चरित्र भएका शक्तिको एकता खाँचो रहेको भन्दै विभिन्न जाति तथा समुदायले भरिएको देशमा राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुनसक्ने बताए।

उनले ठूला दलले गर्ने भागबण्डाका कारण भ्रष्टाचार र द्वन्द्व मौलाउँदै गएको आरोप समेत लगाए ।

२०७४ जेठ २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...