व्यवसायी प्रदीपकै कारण सामाजिक विकृति मौलायो, आपराधिक अखडा बन्दै १० रोपनी जग्गा

  • इमान्दार मिडिया संवाददाता, काठमाडौं । 
थापाथलीस्थित सेन्ट्रल बिजिनेश पार्कमा रहेको ओम चाहो बिरो फिड इन्डष्ट्रिज प्रालिका मालिक प्रदिप रुङ्टाले टोखास्थित इन्द्रपुरी क्लोनीभित्रको करिव १० रोपनी जग्गालाई व्यवस्थित नगर्दा सामाजिक विकृति फैलिदै गएको छ । 

जग्गामा अनकण्टार झारी र चौरमा अनैतिक गतिविधि गर्नेदेखि गाँजा चरेज खाने अखडामा बदलिएको छ । बसुन्धरा प्रहरी चौकीबाट करिव २ सय मिटरको दुरीमा रहेको सो क्लोनीभित्रको खाली जग्गामा हुर्केको झारी फाड्न र पर्खाल लगाउन पटक पटक स्थानीयबासीले आग्रह गर्दा पनि प्रदिप रुङटाले नमान्दा सो ठाउँमा धेरै खाले आपराधिक गतिविधि हुँदै गएका छन् ।

टोखा नगरपालिका ७ नं.वडाको स्थानीय टोल सुधार समितिले लिखित रुपमा उनलाई अपिल गरेपनि ‘तिमीहरु को हौ ? मेरो जग्गा म जेसुकै गरुँ, तिमीहरुले केही गर्न पाउँदैनौ’ भन्दै उल्टै धर्काउने गरेको पीडितहरुको गुनासो छ । 

'यहाँ दिउसै अश्लील हर्कतहरु हुन्छन्, कहाँकहाँबाट बाट चुल्ठेमुन्द्रेहरु आउछन, के - के खान्छन् । हामीलाई निक्कै डर लाग्छ । यो जमीनको मालिकलार्इ घेरबार लगाउन अनुरोध गर्दा पनि उल्टै थर्काउछ ।' एक स्थानीयले नाम नबताउने सर्तमा इमान्दार मिडियासँग भने । 

स्थानीयवासीका अनुसार सोही झारीबाट करिव २ वर्षअघि स्थानीय बजाज परिवारको बच्चा अपहरणमा परेको थियो । समयमै खवर पाएर सुरक्षाकर्मीले उपत्यकाभरी खोजी गर्दा स्वयम्भुस्थित माइक्रोबसबाट बच्चालाई उद्धार गरी अपहरणकारीलाई पक्राउ गरेको थियो ।

स्थानीयवासीहरु रुङ्टाको उक्त व्यवहारबाट वाक्क भएर स्थानीय प्रहरी चौकी बसुन्धरामा उजुरी पनि गरेका थिए । तर प्रहरीले उनलाई केही गर्न नसकेकोमा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

कतैबाट पनि कुनै सुनुवाई नभएपछि स्थानीय टोलसुधार समितिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा गुहार माग्ने तयारी गरिरहेको एक स्थानीयले बताए । यस विषयमा बुझ्न हामीले रुङ्टासँग फाेन सम्पर्क गर्दा उनकाे फाेन नै रिसिभ भएन ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...