मोहन बैद्यले देउवा सरकारबारे दिए यस्तो सनसनीपूर्ण अभिव्यक्ति (हेर्नुहोस् विज्ञप्तिसहित)

  • काठमाडौं । 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य 'किरण' ले देउवा सरकारले निर्वाचनको मिति सारेको भन्दै आपत्ति जनाएका छन् । 

सरकारले दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणमो चुवानमा उम्मेदवार मनोनयन २ दिन पर सारेकोमा बैद्य माओवादीले आपत्ति जनाएको हो ।

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष मोहन किरणले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नौटंकी मञ्चन गरेको आरोप लगाएका छन् । सरकारको निर्णयप्रति असन्तुष्ट राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भनिएको छ ।

बिज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपील गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति 




,

प्रतिकृया दिनुहोस्

Loading...