निष्ठुरीलाई अन्तिम प्रेम पत्र..

निष्ठुरी लक्ष्मी ।

खोइ कसरी के भनु कहाँबाट पत्रको सुरुवात गरुँ ? वास्तवमा भन्नुपर्दा एउटा अनौठो जिन्दगीको अनौठो यात्रामा दौडिरहेको छु म ।

शब्दहरु लेखिरँहदा मेरा हातहरु काँपिरहेका छन, धड्कन धड्की रहेको छ, अनि मष्तिष्कमा भावुकता, अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई सम्हाल्दै भत्किएका आशाहरुमा फेरी उकालो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु, आशा छ स्विकार गर्छौ । 

हुन त तिमीले पक्कै पनि कल्पना समेत गरेकी थिएनौ होला । कहाँ हावाको माध्यमबाट हाम्रो भेट होला भनेर तर मलाई आज आफै लाज लाग्दैछ लक्ष्मी । मानव जीवनको यो अनन्त यात्रामा जन्मेदेखी मृत्युसम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्थादेखी लिएर किशोरावस्थासम्म आइपुग्दा आमा बाबुको न्यानो काख र स्नेहको छहारीमा बित्दा रहेछन जिन्दगीका पलहरु । त्यसपछि तरुणावास्थामा आइपुग्दा जिन्दगीले कोल्टे फेर्दो रहेछ । 

अनि मानिसका मनमा अनेक तरहका इच्छा र आकांक्षाहरु अंकुराउँदा रहेछन । त्यसपछी आमा बाबुको माया र ममतालाई मनको एक कुनामा अलग्गै राखेर मनभरी अपरिचित मान्छेको माया सजाउने इच्छा जन्मदो रहेछ ।त्यसैले होला जुनदिन देखी मैले तिमीलाई देखेँ त्यसै दिन देखी तिम्रो चरित्रमाथि मेरा नयनहरु लुकामारी खेलिरहन्थे ।

मलाई थाहै थिएन कि तिम्रो चरित्र अनी मिठो बोली बचनले मेरो अन्तर आत्मामा पौडी खेल्न थालेछन । तिम्रै बारेमा सोच्दा-सोच्दै दिनहरु बित्न थाले । अनी आँखाहरु तिम्रै पर्खाइमा टोलाउन थाले । शायद यसैलाई भन्छन होला माया । लक्ष्मी ढुङ्गा भनेर मात्र पनि नहुँदो रहेछ भाग्यमानी ढुङ्गाहरु त देबता बन्ने अबसर पनि पाउँदा रहेछन् । अनि फुल मात्र भनेर पनि नहुँदो रहेछ । लक्ष्मी कुनै अभागी फुलहरु त फुल्न नपाउदै टिपीँदा रहेछन बास्ना दिन नपाउदै च्यातिदा रहेछन्,पत्कार भै फ्याँकिदा रहेछन् । 

कोपीला हुन नपाउदै मर्दा रहेछन । म त भन्छु फुलहरु मज्जाले फुलुन बास्ना दिउन र आयु भरी भरी बाँचुन । कसैको फुलबारीमा फुलहरु फुली दिँदा सम्म घरमा मिठो सुगन्ध छरि दिन्छन,अनि आकर्षक पनि बनाई दिन्छन् र सुन्दरता बढाइ दिन्छन् । फुल भनेकै सुन्दरता हो,कमोलता हो र बास्ना हो । फुलहरु टिपीन्छन् भने थुङ्गा थुङ्गाहरु धागोमा उनिएर एउटा आकर्षक माला बनुन र कसैको गलामा सजिउन् । भाग्यमानी फुलहरु आयु भरि बाच्न पाँउदा रहेछन् । बास्ना दिन पाँउदा रहेछन् र मन्दिरहरुमा चढाईदा रहेछन् । 

अनि आस्थाको पबित्र प्रसाद बनि सबैको हात हातमा पुग्दा रहेछन । कसैले दिएको उपहार मन्दिरमा चढाएको फुल जस्तै अमुल्य मानिदो रहेछ । हुन पनि उपहार भन्ने बित्तिकै त्यो पैसा सँग तुलाना हुदैन । उपहार त भावना सँग जोडिएको हुन्छ अनि आत्मीयता र आत्मा सँग गासिएको हुन्छ ।लक्ष्मी म आज तिमीले दिएको त्यहि अमुल्य उपहारको कुरा गर्दैछु ।

जो आज तिमिले मलाई दिए कि छेउ,जो आज दिएर गयौ । हुन त लक्ष्मी मैले कसरी तिम्रो प्रेमपस्ताब लाई स्वृकार गर्न पुगे र म प्रेम गर्छु भन्न पुगे? म त समाज बाट नै ठगिएको अनि सम्पूर्ण साथी हरु ले पनि छोडेको एक कुनाको कसिङर थिए। मलाई त तिम्रो न्यानो मायाको शितल छहारी खोजे किन ? तर यो मिठो माया पाउन त मलाई यो जुनि मा सम्भव भएन ठिकै छ अर्को जुनि सम्मा प्रतिक्षा गरिरहने छु । हुन त लक्ष्मी यसमा तिम्रो केही गल्ती छैन त्यो त सबै मेरो नै हो वास्तवमा मैले तिमीलाई नजानी कन माया गर्नु मेरो मुर्खता हो तर पनि मैले त खाली माया मात्र गरेको थिए तर तिमीले त मलाई तिरस्कार मात्र गर्यौ ठिकै छ ।

लक्ष्मी, हाम्रो मित्रको डोरिलाई तिमीले टुंग्याउने विचार गरिछ्यौ ! खै... ! किन तिमीमा म प्रति वितृष्णा जागेर आयो थाहा भएन । किन यती सजिलै तिमीले हाम्रो मित्रतालाई पूर्णविराम दिने विचार गर्यो ? कतै तिमीलाई कसैले मेरा बारेमा नराम्रा कुरा लगाएर भ्रम त छरेका त छैनन ? तर कसैको भ्रमीत कुराहरुमा हाम्रो विश्वास यसरी सजिलै डगमगाउला भन्ने मलाई लागेको थिएन । लक्ष्मी तिमी जस्ती शिक्षित नारी पनि किन अन्धि बनेकी ? तिमीले त बुझ्नु पर्ने जिन्दगीका मोडहरुलाई । हो जिन्दगीमा राम्रा नराम्रामोडहरु हाम्रा अगाडी काडेतार बनेर आउँछन । हामीले आफैले डिसीजन गर्नुपर्छ कुनबाटो हिड्ने भन्ने । 

राम्रोमा भन्दा नराम्राबाटहरुमा कदम बढाउन सजिलो हुन्छ तर पछि त्यसले दिने अप्ठ्याराहरुले जिन्दगी नै निराश बनाउछ । त्यसैले क्षणीक सुख र सन्तुष्टिका लागि तिमीले पनि गलतबाट अपनाउने छैनौ भन्ने मेरो विश्वास छ । हुन त जिवन र जगतका बारेमा मैले भन्दा तिमीले धेरै बुझेकी छ्याै ! त्यसैले तिमी जस्ती शिक्षित नारीलाई मैले महाभारत पढाइ राख्नु नपर्ला † तर एउटा कुरा चाही तिमीले स्वृकार गर्नुपर्छ । अहिले तिमी अन्धो भएकी छौ । तिमीमा अहमताले जरा गाडेको छ । तिमी भित्रको अहमताले तिम्रो जीवनमा ठुलो धात गरिरहेको छ त्यो तिम्रो घैटोमा घाम लागेपछि थाहा हुन्छ ।

लक्ष्मी, तिम्रो जीवनमा मैले कुनै खुशी छर्न नसके पनि तिमीले मेरो लागि धेरै कुरा सिकाएकि छ्यौ । जिन्दगी निरश भएको बेला सम्बन्ध जोड्दै थकाई मार्ने संयोग बनेर हाँसो खुशीको रौनकता थपिदियौ अनि केही गर्नुपर्छ भन्ने हिम्त दिलायौ । भविष्यका दिनहरुसंगै र सफल बनाउने हेतुले तिम्रै सहमती र साथले आज मलाई यो पराई कतार भूमीमा संघष गर्न पठायौ तर अहिले आएर सम्बन्ध टुर्याउने विचार किन ?? सुनेको थिए तिमीले हाम्रो सम्बनध तोड्नु कारण, मैले भन्दा धेरैमाया गर्ने साथी पाएकी छ्यौ रे । म भन्दा सम्पन्न छ रे । चोखो माया र साथलाई हैन भौतिक सुखलाई अंगाल्न खोजेकी रहिछ्याै । त्यसैले तिमीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निधो गर्दै मसंग अन्तिम २०६६ चैत ३१ गते फोन मार्फत कुरा गरेकि रहेछ्यौ, सारै खुशी लाग्यो तिम्रो निणय देखेर । बधाई छ नयाँ वर्ष २०६७ को नयाँ जीवन साथीसंगको नयाँ जीवनको लागि ।

म त चैत बैशाख मासको टन्टलापुरे घाम र पानी ले आतिइए रहेको थिए अनि मलाई आसा थियो पक्कै पनि तिमीले मलाई शितल छाहरि दिएर चिसो पानी दिने छौ तर तिमी ले त भएको रुखको हागा पनि काट्दियौ अनि मलाई बेहोस् अवस्थामा छोडि आफ्नो बाटो जान लाग्यौ मैले लक्ष्मी-लक्ष्मी भनि कति कराए रोए तर मलाई साथ दिने कोही पनि भएन । हुन त लक्ष्मी मैले पनि तिम्रो बनेको घर भत्काउन खोजेको कहाँ हो र ? मैले नारी लाइ मान गर्न जानिन त्यो नै मेरो मुर्खता हो लक्ष्मी मलाई माफ गर सक्छौ भने । अब त जिन्दकी देखि नै हरेश खाइ सकें अब त एक्लै बाच्ने प्रयास गर्ने छु अब मेरो जिन्दकी मा कोही पनि आउने छैन कुनै दिन कृष्ण मरेको खबर पाएमा आफ्नो जीवन साथी सँग पार्टी गर्नु , अनि मेरो नाम जिन्दगी बाट नै मेटाउनु । ल त लक्ष्मी मेरो बारेमा अरु केही पनि जान्ने प्रयास नगर्नु,किन कि म त मरिसकेको छु अब जिउंदो लास मात्र बाकी छ यो धर्ती कतार मा ।

लक्ष्मी मैले माथी नै भनि सकेको छु कुनै पनि निणय लिनु भन्दा पहिला सफा हृदयले सोच्नु । तिम्रो हृदयले उसैलाइ चाहान्छ भने स्वृकारनु जहाँ आफु खुशी र सुखी भइन्छ त्यही नै पाइला बढाउने हौ हैन र जे-जस्तो भएपनि हाम्रो मित्रतालाई पूर्णविराम नै लगाउनु पर्ला जस्तो त लाग्दैन । के तिमीले अर्कैलाई अंगाले पनि हामी असल मित्र बन्न सक्दैनौ र ?? तर आ-आफ्नो विचार हो । यदि मेरो सम्बन्ध वा भनौ मित्रताले तिम्रो जीवनमा अप्ठ्यारो ल्याउछ भने त्यो तोडिदिनु तिम्रो खुशी नै मेरो जीवन हो ,

अन्तमा; लक्ष्मी तिमी जहाँ जसरि रहेपनि खुशी साथ रहनु, तिम्रो आँखामा कहिले पनि आसु नआवोस् जिन्दगीमा सधैं सगरमाथा ले चुमिरहोस् हरेक रितु ले साथ दिवोस्,कसैको नजर मा सधैं हाइ-हाइ हुनु मेरो यही कामना छ, अरु त केनै पो छर म सँग शब्द हरु सबै अपशब्द नै हुन्छ तेसैले लक्ष्मी आज लाई बिदा हुने अनुमती माग्दै हराउन चाहन्छु ।

उही तिमीलाई जिन्दगी भर साथ दिने , माया गर्ने कसम खाने 

कृष्ण प्रसाद पोखरेल / तारानाथ पोखरेल "मुस्कान"
रानीचोक गुल्मी नेपाल
हाल - दोहा कतार






प्रतिकृया दिनुहोस्

Loading...