इमान्दार मिडिया समाचार प्रभाव - काठमाडौंका तत्कालिन पञ्जाधिकारी अख्तियारको हिरासतमा

  • राजीव चन्द, काठमाडौं ।
नक्कली बसाइसराइको कागज बनाएर कानुनको धज्जी उदाउने काठमाडौं महानगरपालिका तत्कालिन पञ्जाधिकारी मुक्तिनाथ दवाडी पक्राउ परेका छन् ।

काठमाडौंका नायव सुब्बा गोविन्द पुडासैनीसँग साँठगाँठ गरेर सेवा निवृत नायब सुब्बा दवाडीले आपसी मिलोमतोमा सेवाग्राहीसँग नाबालक परिचय-पत्र बनाउने प्रयोजनलगाएत विभिन्न बहानामा काम गर्न आलटाल गरी सेवाग्राहीसँग घुस लीइरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुक्रबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

टंगालबाट खटिएको आयोगको टोलीले उनिहरुलाई छब्बिस हजार घुस लिइरहेको अवस्थामा रंगेतात पक्राउ गरेको हो । यसअघि दवाडीले नक्कली बसाइसराइको कागज बनाएर आफ्नो जमिन अर्कैलाई दिलाएको भन्दै पिडित इमान्दार मिडियाको कार्यालयमा पुगेपछि हामीले तत्कालिन पञ्जाधिकारीको नक्कली बसाइसराइ: भूमाफियाले खान खोजे करोडौंको जमिन शीर्षका समाचार प्रकाशित गरेका थियौं। 

काठमाडौँ टोखा सरस्वती गाबिस (अहिलेको टोखा नगरपालिका)मा रहेको करौडौ पर्ने अक्कल कुमार शाहीसहितको पुर्ख्यौली जग्गा नक्कली बसाइसराइ तयार पारि हरिकृष्ण शाही र सिताराम शाहीलाई मिलाइदिएर दवाडीले लाखौं रकम कुम्ल्याएका थिए ।

आफ्नो पुर्ख्यौली जग्गा नक्कली कागजात तयार पारी हरिकृष्ण सीतारामले आफ्नो भएको दाबी गर्दै अदालतमा मुद्दा नै दायर गरेपछि यता अक्कल कुमारले दवाडीबिरुद्ध मुद्दाहालेका थिए । अदालतले सुनुवाईका लागि पटकपटक बोलाउदा पनि आफुलाई कसैले पनि कारवाही गर्न नसक्ने भन्दै दवाडी अदालतको आदेश बेवास्ता गर्दै आएका छन् । उक्त मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा छ ।

इमान्दार मिडियामा प्रकाशित उक्त समाचारलाई आधार बनाएर पिडितहरूले दवाडी नक्कली कागजात बनाउने, जग्गा दलालहरुको मिलेमतोमा गर्ने र गैरकानुनी काममा संग्लन रहेको भन्दै अख्तियारमा उजुरी दिएपछि उनको यो कर्तुत सार्वजनिक भएको हो । दवाडीबिरुद्ध पटकपटक मुद्दा परेपछि अख्तियारले उनलाई विशेष निगरानीमा राखेको थियो ।

उक्त समचार पढ्न यहाँ क्लिक गर्नुहाेस् 

पक्राउ परेका दुवै जना अनुसन्धानबाट दोषी रहेको पुष्टि गर्दै अख्तियारले कानुनअनुसार कारवाहीका लागि विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरेको छ । भने दवाडी र पुडासैनी अहिले अख्तियार हिरासतमा छन् । 

२०७४ जेठ २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...