भरतपुर ताजा अपडेट : हेर्नुहोस् रेणु दाहाललाई यस्तो भ्याई-नभ्याई

  • भरतपुर । 
काँग्रेस-माओवादीकी मेयरकी उम्मेदवार रेणु दाहाल भरतपुरमा भाेट माग्न थालेकी छिन ।

निर्वाचन अायाेगले भरतपुर १९ मा पुनः मतदान गर्ने भनेपछि उनि त्यहाँका बासिन्दासँग मत माग्न घरघरमा पुगिरहेकी छिन् । भरतपुर १९ का बासिन्दालाई व्यक्तिगत रुपमा भेट्दै उनले मतका लागि लबिङ गरिरहेकी त्यहाँका स्थानीयले इमान्दार मिडियालार्इ बताएका छन् । अझ उनि काँग्रेसका असन्तुष्ट स्थानीय नेताहरुलाई अाफ्नाे पक्षमा भाेट हाल्न भन्दै फकाउनमा व्यस्त भएको स्रोतले बतायो । 

मतपत्र च्यातिएपछि काँग्रेसकै स्थानीय कार्यकर्ताहरु माओवादीसँग आक्रोशित देखिएका छन् भने कुनै पनि हालतमा पुनः चुनाव हुन नदिने भन्दै एमाले अदालत पुगेकाे छ । 

१९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता छन् । वैशाख ३१ को निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । तर, अब त्यति नै मत खस्ला कि त्यो भन्दा बढी ? बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...