पढाइ खर्च जोहो गर्न म्यादी प्रहरी बनेकी सुष्मलाई हाकिमले बलात्कार गर्न खोजेपछि...

  • काभ्रे ।

काभ्रेका महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् । बनेपामा ब्याचलर पढ्दै गरेकी सुष्म मगर (नाम परिर्वतन) ले आफुलाई प्रहरीले नै यौन दुर्व्यावाहर गरेको बताएकी छिन् । 

'स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना मागेको थियो । पढाइ खर्च पुर्याउन जागिर खाएको थिएँ । तर इज्जतमाथि नै प्रहरीले धावा बोल्न खोजे । म मात्र होइन बनेपामा डेरा गरी बस्ने २४ वर्षीय (सुमिता केसी) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परेकी छिन् । उनीपनि ब्याचलर पढदैछिन् । 

एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । राती बल्ल बल्ल हाकिमबाट फुत्केकी उनी अव जागिर खन्न भनेर बसेकी छिन् । काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।' उनले भनिन् । 

यता यस विषयमा जिल्ला प्रहरी कार्यलय काभ्रेका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए । 'सामान्य अरु जो कोहि मान्छेले त प्रहरीकहाँ उजुरी गर्नुपर्छ । प्रहरीमा नै पिडित हुनु भनेको लज्जास्पद हो । उजुरी पर्यो भने हामी तत्काल छानवीन गरी कारवाहि गर्छौं ।' उनले भने ।

,

प्रतिकृया दिनुहोस्

Loading...