यसकारण आन्दोलनमा उत्रिए म्यादी, प्रहरी परिसरभित्रै नाराबाजी

  • ललितपुर । 
स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् । सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे ।

आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ । ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । 

विभिन्न शिर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए । आजको कान्तिपुरमा खबर छ । ‘हामी बच्चा छाडेर ड्युटीमा खटियौं’ एक महिला म्यादीले भनिन्, ‘अनि हामीले तोकेको तलब किन नपाउने ?’

सञ्चारमाध्यममा ५५ दिनको तलव सुविधा ५१ हजार, पोशाक बापत ७ हजार १ सय, खाजा खर्च र भत्ता छुट्टै आउँछ भनेर उल्लेख गरिएको भए पनि ललितपुर प्रहरीले ४९ हजार मात्रै दिएको म्यादी प्रहरीहरुले आरोप लगाएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...