मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने, हजारौ यात्रुहरु अलपत्र

  • काठमाडौं ।

चितवनको कालिखोला ४ मा भिषण पहिरो जाँदा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खुल्न अझै कम्तिमा ५ घण्टा लाग्ने भएको छ । पहिरो हटाउन लगातार काम गर्दा कम्तिमा ५ घण्टा लाग्ने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि हजारौ सवारी साधन हिजो बेलुका ८ बजेदेखि विचबाटोमै रोकिएका छन् ।

यसैक्रममा गएराति चितवनको कालीखोलामा झरेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । बिहिबार राति ११ः३० बजे सडकमाथिबाट पहाडको ढिस्को नै खस्दा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूलीमा झरेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

गाडीमा रहेका असई निश्चल तामाङ र चालक समेत जवान दीपककुमार मास्केको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख दिपक थापाका अनुसार प्रहरी गाडीमा रहेका सञ्जीव कार्की र लीलबहादुर चेपाङ अझै हराइरहेका छन् । उहिरुको खोजिकार्यमा जुट्न समेत असम्भव भएको बताइएको छ । 

स्थानीय प्रशासन, प्रहरी र सडक विभागले पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयासलाई प्राथमिकता दिएको जनाएको छ । पहिरो पन्छाउन र यातायात खुलाउन सडक विभागका ५ वटा स्काइभेटर र डोजर प्रयोग गरिएको प्रमख जिल्ला अधिकारी नारायणप्रसाद भटटले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भटट र चितवन प्रहरी प्रमुख दिपक थापाको टोली आज बिहानै घटनास्थल पुगेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...