मुग्लिन–नारायणघाट सडकखण्ड खुल्यो

  • चितवन ।
शुक्रबार बिहान पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडकखण्ड बेलुकादेखि सञ्चालनमा आएको छ । 

ठूलो पहिरो खसेकाले शनिबार दिनभर डोजर लगाएर पहिरो पन्छाइएको हो । सडक बन्द हुँदा यात्रु तथा सवारी साधन बिहानदेखि नै बिच बाटोमा नै अलपत्र परेका थिए । 

सडक खुले पनि बिहानदेखि जाममा फसेका गाडीलाई बिस्तारै गन्तव्यतिर पठाउने काम भैरहेको छ । जसका कारण जाम सकिने केही समय लाग्ने छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...